मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

भारतमा कोरोनाविरुद्धका तीन खोप परीक्षणको चरणमा : मोदी

भारतमा कोरोनाविरुद्धका तीन खोप परीक्षणको चरणमा : मोदी


नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा कोरोनाका तीन वटा खोप परीक्षणको चरणमा रहेको जानकारी दिएका छन् । कोरोनाविरुद्धको खोप बनाएका वज्ञानिकहरुले सकारात्मक संकेत दिएको र प्रमाणित भएपछि व्यापक रुपमा खोपको उत्पादन गरिने पनि मोदीले बताए ।
 
देशको ७४औँ स्वतन्त्रता दिवसका अवसरमा सम्वोधन गर्दै उनले प्रयोगशाला र औषधि उत्पादन गर्ने क्षमता वृद्धि गर्न लागिएको जानकारी दिए । उनले प्रतिरक्षात्मक सामग्रीहरुको उत्पादनमा पनि व्यापक वृद्धि भइरहेको बताए । खोप उत्पादनका लागि वैज्ञानिकहरुले कडा मेहनत गरिएको उनको भनाइ छ ।
 
“अहिले भारतमा तीन वटा खोपको परीक्षणको चरण चलिरहेको छ, चाँडै नै सकारात्मक नतिजा सार्वजनिक हुने वैज्ञानिकहरुले बताएका छन्, त्यो परीक्षण सफल भएपछि ठूलो मात्रामा औषधिको उत्पादन गर्ने तयारी पनि भइरहेको छ,” उनले भने । 
 
भारतमा कोरोनाको महामारी सुरु हुँदा एउटा मात्रै प्रयोगशाला रहेको स्मरण गर्दै प्रधानमन्त्री मोदीले अहिले त्यो संख्या बढेर १४ सयभन्दा बढी प्रयोगशाला बनिसकेको बताए । उनले कोरोनाविरुद्धको खोप तथा उपचारका लागि १०३ करोड भारतीय रुपैयाँ कोषमा राखिएको बताए । 
 
कोरोनाविरुद्धका खोप उत्पादनसम्बन्धी महत्त्वाकांक्षी सपना चाँडै नै व्यवहारमा देख्न सकिने पनि उनले विश्वास व्यक्त गरे । प्रधानमन्त्री मोदीले केही महिनामा ठूलो मात्रामा एन ९५ मास्क, पिपिई भेन्टिलेटरलगायतका सामग्रीहरु भारतले विश्व बजारमा निर्यात गर्ने दाबी गरेका छन् । एएनआई