मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

विश्वमा कोरोना भाइरस संक्रमितको संख्या दुई करोड ११ लाख नाघ्यो

विश्वमा कोरोना भाइरस संक्रमितको संख्या दुई करोड ११ लाख नाघ्यो


जेनेभा । विश्वमा दुई करोड ११ लाख ७२ हजार २८८ जना कोरोना भाइरस सङ्क्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शुक्रबार जानकारी दिएको छ ।  सो संगठनका अनुसार शुक्रबारसम्म विश्वभरी कोरोना भाइरस सङ्क्रमणबाट सात लाख ५९ हजार ३४९ लाख कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएको छ । 
 
संक्रमितमध्ये हालसम्म एक करोड ३९ लाख ८५ हजार १६१ व्यक्ति कोरोनामुक्त भएका छन् । विश्वभरमा ६४ लाख २७ हजार ७७८ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरुको उपचार भइरहेको छ । सङ्क्रमितहरु मध्ये ६४ हजार ५९१ जनाको अवस्था गम्भीर रहेको जनाएको छ । 
 
चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र ५४ लाख ३० हजार २९७ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख ७० हजार ७६९ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।
 
दक्षिण अमेरिकामा ५० लाख ७४ हजार ३७३ जना कोरोना भाइरस संक्रमित रहेका छन् । यहाँ १ लाख ७१ हजार ४८४ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ६३ लाख ९७ हजार ७०९ जना कोरोना भाइरस संक्रमित रहेका छन् । यहाँ २ लाख ४३ हजार ४२५ जनाको मृत्यु भएको छ । 
 
युरोपमा ३१ लाख २१ हजार २४८ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने दुई लाख २ हजार ४५८ को मृत्यु भएको छ । एसियामा ५४ लाख ६३ हजार ६० जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १ लाख १६ हजार ८०४ जनाको मृत्यु भएको छ ।
 
अफ्रिकामा १० लाख ९० हजार ३७१ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने २४ हजार ७६२ जनाको मृत्यु भएको छ । ओसियानामा २४ हजार ८०६ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ४०१ जनाको मृत्यु भएको छ । एएफपी