बिश्व घटना

उत्तर कोरियाको मुख्य सीमा सहरमा लकडाउन घोषणा

उत्तर कोरियाको मुख्य सीमा सहरमा लकडाउन घोषणा


सोल । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले देशको सिमानामा पर्ने मुख्य सहरमा लकडाउनको घोषणा गरेका छन् । छिमेकी दक्षिण कोरियासँगको सिमानामा पर्ने सहर कायसोङमा लकडाउन लगाइएको समाचारमा जनाइएको छ । लकडाउन लगाइएको सहरका हजारौ मानिस अहिले क्वारेन्टइनमा रहेको अधिकारीहरुले जनाएका छन् ।
 
बिहिबार बसेको सत्तारुढ दलको पार्टीको बैठकमा सर्वोच्च नेता उनले विदेशी कुनै पनि सहयोग स्विकार नगर्ने जानकारी गराएका थिए । उनले सवै सीमा नाका बन्द गरिरहनु पर्नेमा पनि जोड दिएको सरकारी सञ्चार माध्यमले शुक्रबार जनाएको छ । 
 
उत्तर कोरियाले कोरोनाभाइरस विरुद्ध आक्रामक रुपमा आफैँ लड्ने तयारी भइरहेको पनि जानकारी दिएको छ । साथै हालैका दिनमा बाढीका कारण भत्किएका घर, सडक र पुलहरुको पुनर्निर्माण गर्ने कार्यलाई समेत तिब्रता दिएको उनले बताए । 
 
उत्तर कोरियाको सरकारी समाचार संस्था कोरियन सेन्ट्रल न्युज एजेन्सीले मन्त्रिपरिषद्का सदस्यहरुको जिम्मेवारी हेरफेर पनि गरिएको जनाएको छ । सर्वोच्च नेता उनले महत्त्वाकांक्षासहित गत वर्षको डिसेम्बरमा पाँच वर्षे राष्ट्रिय विकास योजना घोषणा गरेका छन् । 
 
तर, कतिपय विज्ञहरुले भने कोरोनाका कारण उत्तर कोरियामा थप आर्थिक संकटमा पर्नसक्ने विश्लेषण गरेका छन् बैठकमा नेता किमले तीन हप्तापछि कोरोनाभाइरसको महामारी स्थिर अवस्थामा पुग्ने जानकारी दिए । 
 
नेता उनले यसअघि गत जुलाई अन्त्यतिर पनि पूर्ण लकडाउन तथा संकटकालको घोषणा गरेका थिए । त्यस बेला धेरै प्रतिवन्धात्मक व्यवस्थाहरु लागू गरिएको थियो । एपी