बिश्व घटना

रुसले बनाएको कोरोनाको औषधि अक्टोबरदेखि फिलिपिन्समा परीक्षण गरिने

रुसले बनाएको कोरोनाको औषधि अक्टोबरदेखि फिलिपिन्समा परीक्षण गरिने


मनिला । कोरोनाभाइरसका विरुद्धमा रुसले बनाएको औषधिको तेस्रो चरणको परीक्षण फिलिपिन्समा गरिने भएको छ । 
 
चिकित्सकीय परीक्षण यही अक्टोबरदेखि मार्चसम्ममा आफ्नो देशमा गर्ने तयारी भएको फिलिपिन्सको राष्ट्रपतिका प्रवक्ता ह्यारी रोकीले बिहीबार जानकारी दिए । 
 
परीक्षणका लागि रुसले सहयोग गर्ने पनि उनले बताए । फिलिपिन्सका हजारौँ बिरामीलाई रुसले बनाएको औषधि प्रयोग गरिने भएको छ । तेस्रो चरणको परीक्षण फिलिपिन्ससँगै रुसमा पनि गरिने जनाइएको छ । 
 
बहुचर्चित रुसी औषधि यसअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नै छोरीमा समेत परीक्षण गराएका थिए ।  

रुसले बनाएको भनिएको औषधिले अहिले विश्वभरी नै चर्चा पाएको छ भने केही देशहरुले औषधि किन्ने मागपत्रसमेत पेश गरिसकेको जनाइएको छ । एएनआई

 

Advertisement