अमेरिका – नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले पत्रकार महासंघका पूर्व केन्द्रीय सचिव बलराम बानियाँको निधनप्रति दु:ख व्यक्त गरेको छ । । नेजाले मृतक पत्रकार बानियाँप्रति श्रदाञ्जली अपर्ण गर्दै पत्रकारितामा अपुरणीय क्षती भएको उल्लेख गरेको छ ।
कान्तिपुर पब्लिकेशनद्वारा प्रकाशित हुने कान्तिपुर दैनिकमा सहायक सम्पादकको जिम्मेवारीमा रहेका बानियाँले नेपाली पत्रकारिताको क्षेत्रमा निरन्तर तीन दशक बढी सक्रिय योगदान दिएका थिए । बानियाँले पत्रकारिता मार्फत लोकतन्त्र, मानवअधिकार, सूचनाको अधिकार, स्वतन्त्रता र विधिको शासनका लागि भूमिका निभाएको नेजाले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
इञ्जाले एक लाख दिनेः
यसैबीच पत्रकारहरुको अन्तराष्ट्रिय सञ्जाल (इञ्जा)ले पनि पत्रकार बानियाको असामयिक निधनप्रति गहिरो दुख व्यक्त गर्दै उनको अन्त्येष्टि र काजकिरियामा परिवारलाई सहयोग पुगोस भनेर तत्कालै आपतकालिन कोषवाट १ लाख रुपैयाँ दिने निर्णय गरेको छ जनाइएको छ ।
स्वर्गीय पत्रकार वानिंयाको निधनको कारण अझै पनि प्रष्ट हुन नसकिरहेको अवस्थामा यस सम्वन्धमा आवश्यक अनुसन्धानलाई तीव्रताका साथ अगाडि बढाउन पनि इञ्जाले माग गरेको छ ।
प्रतिक्रिया