मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

नेपाली समाज टेक्सास द्वारा संचालित स्कूलको साँस्कृतिक तथा आध्यात्मिक क्याम्पमा हिजो

नेपाली समाज टेक्सास द्वारा संचालित स्कूलको साँस्कृतिक तथा आध्यात्मिक क्याम्पमा हिजो


हिमालय खवर सम्बाददाता
टेक्सस(अमेरिका)-   नेपाली समाज टेक्सास द्वारा संचालित साँस्कृतिक तथा आध्यात्मिक क्याम्पमा हिजो श्रीकृष्णा जन्माअष्टमी मनाइयो र कक्षामा प्राय: सम्पूर्ण बिध्यार्थीहरु श्रीकृष्ण तथा राधाको पहिरनमा उपस्थित भएको जानकारी प्रिन्सिपल विजयराज भट्टराईले दिनुभयो। 
 
हिजोको कक्षामा उत्कृष्ट पहिरन गर्ने ९ जनालाई पुरष्कृत गर्ने जानकारी समेत स्कूलको आधिकारिक फेसबुक पेजमा जनाइएको छ।  प्रिन्सिपल भट्टराईले क्याम्पका हरेक कक्षामा नेपाली पहिरनमा उपस्थित हुन् अनुरोध गरिएको र धेरै बिद्यार्थीहरुले पालन गर्ने गरेको जानकारी समेत गराउनुभयो। 
 
क्याम्पको संचालन गत हप्ता देखि आध्यात्मिक गुरु डा. चिन्तामणि योगी गुरुद्वारा गराइन्छ। क्याम्पमा अमेरिकाका धेरै स्टेटका बिध्यार्थीहरु सहभागी रहेपनि गुरु भने नेपालमा रहनुभएको छ र क्याम्प संचालन अनलाइन जुम प्रविधि मार्फत गराइएको छ।  
 
हिजोको  श्रीकृष्णा जन्माअष्टमी बिशेष कक्षामा गुरु द्वारा श्रीकृष्णको जीवनबाट हामीले सिक्नु पर्ने ज्ञानका कुराहरुका बारेमा प्रवचन गर्नुभयो। नेपाली समाज टेक्सासले संचालन गर्दै आएको स्कूलले गत जुनको अन्तिम साताबाट शुरु गरिएको समर स्कूलको दोश्रो फेज अन्तर्गत डा. चिन्तामणि योगी गुरुद्वारा साँस्कृतिक तथा आध्यात्मिक क्याम्प संचालनरत छ। 
 
यस क्याम्पमा कक्षाको मोडरेशन तथा शुरुवात तथा कक्षाको निचोड र गृहकार्यको संयोजन नेपाली तथा नैतिक शिक्षाको प्राध्यापन भोजबहादुर बलायर र क्याम्पको कोअर्डिनेटरमा नेपाली समाज टेक्सासका महासचिव भानु खरेलले गरिरहनु भएको छ। 
 
हिजोको कक्षामा उत्कृष्ट पहिरन गर्ने ९ जनालाई पुरष्कृत गर्ने जानकारी समेत स्कूलको आधिकारिक फेसबुक पेजमा जनाइएको छ। पुरष्कृतहरु: काभ्यानी चौलागाईं , नेबिका अधिकारी, इभाना खतिवडा, ब्रीयन्सा भट्टराई, सुहाना भण्डारी , याश्ना तिवारी, बियान्का अधिकारी, सुब्रत पौडेल र निउजा पाण्डे