मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

कोरोना संक्रमणबाट विश्वभर ७ लाख ४७ हजार ७७४ जनाको मृत्यु

कोरोना संक्रमणबाट विश्वभर ७ लाख ४७ हजार ७७४ जनाको मृत्यु


पेरिस । महामारीका रुपमा फैलिएको कोरोनाभाइरसबाट विश्वभर दुई करोड ६ लाख ६ हजार ८७२ जना मानिस संक्रमित भएका छन् ।
 
विश्व स्वास्थ्य संगठनका अनुसार बुधबार रातिसम्म कोरोनाभाइरसको संक्रमणबाट विश्वभर ७ लाख ४७ हजार ७७४ जनाको मृत्यु भएको छ । 
 
स्वास्थ्य अधिकारीहरुका अनुसार कोरोनाभाइरसको संक्रमण सबैभन्दा बढी देखिएका मुलुकहरुमा संयुक्तराज्य अमेरिका, ब्राजिल, मेक्सिको, भारत र रसिया समेतका मुलुकहरु रहेका छन् । 
 
संयुक्तराज्य अमेरिकामा ५३ लाख २० हजार ८६० जना संक्रमित भएका छन् भने ब्राजिलमा ३१ लाख १२ हजार ३९३, भारतमा २३ लाख ६० हजार ३५८, रसियामा ९ लाख २ हजार ७०१, दक्षिण अफ्रिकामा ५ लाख ६६ हजार १०९, मेक्सिकोमा ४ लाख ९२ हजार ५२२, पेरुमा ४ लाख ८९ हजार ६८० तथा कोलम्बियामा ४ लाख १० हजार ४५३ जना संक्रमित छन् ।
 
कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएका नागरिक पनि संयुक्तराज्य अमेरिकामा सबैभन्दा बढी छन् । पछिल्लो विवरणअनुसार अमेरिकामा हालसम्म १ लाख ६८ हजार २१९, ब्राजिलमा १ लाख ३ हजार ९९, भारतमा ४६ हजार ५३६, रसियामा १५ हजार २६०, मेक्सिकोमा ५३ हजार ९२९, दक्षिण अफ्रिकामा १० हजार ७५१, पेरुमा २१ हजार ५०१ जनाको मृत्यु भइसकेको छ । 
 
युरोपेली मुलुकहरुमा पछिल्ला दिनमा भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्यामा कमी आएको छ । यद्यपि युरोप महादेशमा कुल संक्रमितमध्ये २ लाख ७ हजारको मृत्यु भइसकेको छ । 
 
भाइरस फैलिनेक्रम तीव्र रहेको दक्षिण अमेरिकी महादेशमा हालसम्म १ लाख ६३ हजार, एसियामा १ लाख १३ हजार, उत्तर अमेरिकामा २ लाख ३८ हजार, अफ्रिकामा २४ हजारको ज्यान गएको छ । एएफपी