मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

भारतका पूर्वराष्ट्रपति मुखर्जीको अवस्था चिन्ताजनक

भारतका पूर्वराष्ट्रपति मुखर्जीको अवस्था चिन्ताजनक


नयाँ दिल्ली । भारतका पूर्वराष्ट्रपति प्रणब मुखर्जीको स्वास्थ्य अवस्था चिन्ताजनक भएको छ । मष्तिकको आकस्मिक शल्यक्रियापछि उनको अवस्था गम्भीर भएको र हाल भेन्टिलेटरमा राखिएको मुखर्जीलाई भर्ना गरिएको सैनिक अस्पतालले बुधबार जानकारी गराएको छ ।
 
‘हाल, उहाँको ‘हेमोडाइनमिकली’ स्थिर भएको र भेन्टिलेटरमा हुनुहुन्छ’ आर्मी अस्पतालले जानकारी दिएको छ । पूर्व राष्ट्रपतिको मस्तिष्कमा क्लट जमेको कारण गत १० अगस्तमा आपतकालीन शल्यक्रिया गरिएको थियो । तर, कुनै सुधार नदेखिएको बताइएको छ । 
 
 गत सोमबार ८४ वर्षीय मुखर्जीले आफूलाई कोरोना भाइरस सङ्क्रमण भएको ट्वीटरमार्फत बताएका थिए । केही दिनयता आफू सम्पर्कमा आएर व्यक्तिहरुलाई कोरोना परीक्षण गराउन र अलग्गै बस्नको लागि समेत उनले आग्रह गरेका थिए । एएनआई