मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या दुई करोड दुई लाख नाघ्यो

विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या दुई करोड दुई लाख नाघ्यो


जेनेभा, स्वीट्जरल्याण्ड । विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या दुई करोड २ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मङ्गलबार दिएको जानकारीअनुसार विश्वमा दुई करोड २ लाख ८८ हजार ५४३ व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् ।
 
कोरोना भाइरस सङ्क्रमणको कारण विश्वभर सात लाख ३९ हजार ८९९ जनाको मृत्यु भएको पनि सो सङ्गठनले जनाएको छ । मङ्गलबारसम्म विश्वभरमा एक करोड ३२ लाख १० हजार ९७९ जना व्यक्ति कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । 
 
विश्वभरमा हाल ६३ लाख ३७ हजार ६६५ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका र उनीहरुको उपचार भइरहेको छ । सङ्क्रमितमध्ये ६४ हजार ६९७ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस सङ्क्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । 
 
डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र ५२ लाख ५२ हजार ५९५ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा एक लाख ६६ हजार २०९ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।
 
दक्षिण अमेरिकामा ४८ लाख २६६ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् । यहाँ एक लाख ६१ हजार २८३ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ६१ लाख ८४ हजार ९० जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् । यहाँ दुई लाख ३६ हजार २४४ जनाको मृत्यु भएको छ ।
 
युरोपमा ३० लाख ७४ हजार ४९४ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् भने दुई लाख छ हजार ६४६ को मृत्यु भएको छ । एसियामा ५१ लाख ४३ हजार ६५२ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने एक लाख ११ हजार ६९३ जनाको मृत्यु भएको छ । 
 
अफ्रिकामा दश लाख ६१ हजार ६६१ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने २३ हजार ६६१ जनाको मृत्यु भएको छ । ओसियानामा २३ हजार ६५९ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने ३५७ जनाको मृत्यु भएको छ । एएफपी
 

शेयर गर्नुहोस:

0
Shares