मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अमेरिकाबाट ११ लाख ९४ हजार सहयोग हस्तान्तरण

अमेरिकाबाट ११ लाख ९४ हजार सहयोग हस्तान्तरण


हिमालयखबर संबाददादा 
टेक्सस(अमेरिका)-   सुदुर पश्चिम नेपाली समाज टेक्सस अमेरिका र ह्यूमानिटी फाउण्डेसन नेपाल बिचको सहकार्यमा थालनी  भएको डडेल्धुरा उप-क्षेत्रिय अस्पतालको पिसिआर मेसिन स्थापनाको लागि संचालित अभियानबाट संकलीत रकम रू ११ लाख ९४ हजार ह्यूमानिटी फाउण्डेसन नेपालको खातामा हस्तान्तरण गरेकोछ ।    
 
सुदुर पश्चिम नेपाली समाज टेक्सास, अमेरिकाले नेपालमा कोभिड-१९ को बढ्दो प्रकोप, सुदुर पश्चिममा रहेको श्रोतसाधनको अभावसंगै सुदुर पश्चिममा परेको प्रभावलाई न्यूनिकरण गर्न सुदुर पश्चिमको डडेलधुरामा पिसिआर मेसिन स्थापना गर्ने कार्यमा बिशेष पहल गरेको थियो । 
 
कोरनाको डरलाग्दो अवस्था र सुदुर पश्चिममा प्रवासबाट फर्कनेको संख्यालाई मध्यनजर गरेर ह्यूमानिटी फाउण्डेसन नेपालसंगको सहकार्यमा डडेल्धुरामा पिसिआर मेसिन जडानको लागि सुदुर पश्चिम नेपाली समाज टेक्सस अमेरिकाले सामाजिक अभियानको रुपमा तत्कालै कदम अगाडि बढाएको थियो । जसमा बिभिन्न सामाजिक संघ संस्था र अभियन्ताहरुको ठूलो साथ र सहयोग रहन गएको थियो । 
 
पिसिआर मसिन जडानका लागि ह्यूमिनिटि फाउण्डेसन नेपाल र सुदुर पश्चिम नेपाली समाज टेक्सस अमेरिकाको सहकार्यले पाएको सफलता र यसवाट सुदुर पश्चिमबासीहरूले पाएको सुविधा एवम् कोभिड-१९ को महामारीमा थोरै भए पनि मलम पट्टि लगाउन पाएकोमा सवै समाजसेवी अभियन्ताहरूमा सुदुर पश्चिम नेपाली समाज टेक्सस अमेरिका सम्पुर्ण पदाधिकारीका तर्फबाट सभापति प्रेम बहादुर शाहीले हार्दिक आभार ब्यक्त गर्दै आगामी दिनमा थप सहयोगको प्रतिबध्दता ब्यक्त गरेका छन ।