मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड एक लाख नाघ्यो

विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड एक लाख नाघ्यो


जेनेभा, स्वीट्जरल्याण्ड । विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या दुई करोड नाघेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सोमबार दिएको जानकारीअनुसार विश्वमा दुई करोड १ लाख २२ हजार ६१४ व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् ।
 
कोरोना भाइरस सङ्क्रमणको कारण विश्वभर ७ लाख ३५ हजार ७२१ जनाको मृत्यु भएको पनि सो संगठनले जनाइएको छ । सोमबारसम्म विश्वभरमा एक करोड २९ लाख ६९ हजार ८९५ जना व्यक्ति कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । 
 
विश्वभरमा हाल ६४ लाख १६ हजार ९९८ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका र उनीहरुको उपचार भइरहेको छ । सङ्क्रमितमध्ये ६४ हजार ७६७ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस सङ्क्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । 
 
डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र ५२ लाख १४ हजार ५०७ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा एक लाख ६५ हजार ८०६ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।
 
दक्षिण अमेरिकामा ४७ लाख ५२ हजार ३९२ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् । यहाँ एक लाख ५९ हजार ८१९ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा  ६१ लाख ३६ हजार ७९६ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् । यहाँ दुई लाख ३५ हजार ६७ जनाको मृत्यु भएको छ ।
 
युरोपमा ३० लाख ४८ हजार ५३४ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् भने दुई लाख ६ हजार ३०५ जनाको मृत्यु भएको छ । एसियामा ५१ लाख ६ हजार ३७९ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने एक लाख १० हजार ८१५ जनाको मृत्यु भएको छ । 
 
अफ्रिकामा १० लाख ५४ हजार ४८३ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने २३ हजार ३६० जनाको मृत्यु भएको छ । ओसियानामा २३ हजार ३०९ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने ३४० जनाको मृत्यु भएको छ । एएफपी