मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

संसदबाट सहमति नभएपछि राष्ट्रपति ट्रम्पद्वारा कार्यकारी आदेश जारी

संसदबाट सहमति नभएपछि राष्ट्रपति ट्रम्पद्वारा कार्यकारी आदेश जारी


हिमालयखबर संबाददादा 
न्यूयोर्क (अमेरिका)– अमेरिकी राष्ट्रपति डोनाल्ड जे ट्रम्पले शनिबार दिउँसो चारवटा कार्यकारी आदेशमा हस्ताक्षर गर्दै कोरोना पीडितलाई राहत प्याकेज ल्याएका छन् ।
 
लामो समयदेखि अमेरिकी संसद कंग्रेससँगको मतभेदका बीच राष्ट्रपतिले अध्यादेशका रुपमा कार्यकारी आदेश जारी गरेका हुन् । संसदमा डेमोक्रेट सांसदहरु र रिपब्लिकनहरुले ल्याएको दुई विधयेकलाई अलपत्र छाडेर कार्यकारी आदेश जारी गरेका हुन् ।
 
कार्यकारी आदेशमा बेरोजगारहरुलाई उपलव्ध हुँदै आएको प्रति हप्ता ६ सय डलरबाट घटाएर चारसयमा सिमित पारिएको छ । राज्यले दिने बेरोजगार भत्तामा अब फेडरल (केन्द्र) सरकारले चारसयमात्र थप दिने भएको छ ।
 
डेमोक्रेटिक सांसदहरुले पहिले दिँदै आएको ६ सय डलरनै कायम गर्न राष्ट्रपतिलाई दवाव दिदै आएका थिए । शुक्रबार ह्वाइट हाउसमा भएको बैठकमा तल्लो सदनकी सभापति न्यान्सी पेलोसी र डेमोक्रेटिक पार्टीका नेता चक सुमरबीचको बैठकमा सहमति हुन सकेको थिएन ।
 
सहमति हुन नसकेपछि राष्ट्रपतिले शनिबार कार्यकारी आदेश जारी गरेर कर छुट, बेरोजगार भत्ताको समयावधी थप, भाडामा बस्नेहरुका लागि संरक्षण, पेरोल ट्याक्स, विद्यार्थीहरुले लिएको ऋणको भुक्रानीको समयावधि थप लगायत छन् । 
 
मानिसहरु काममा फर्किने भन्दा पनि घरमा बसेर बेरोजगार भत्ता लिने प्रवृत्ति बढेपछि रिपब्लीकन पार्टीले हप्ताको ६ सय डलर नदिने प्रस्ताव गरेका थिए । तर चुनावी वर्ष भएको र डेमोक्रेटिक पार्टीले ६ सय डलरनै दिनुपर्ने अडान लिएपछि राष्ट्रपतिले चारसय डलर दिने घोषणा गरेका हुन् । 
 
लामो समयदेखि चर्चामा रहेको दोस्रो चरणको स्टिमुलस चेक (जनही एकहजार दुईसय डलर) का बारेमा भने कार्यकारी आदेशमा केही पनि उल्लेख छैन । राष्ट्रपतिले आयोजना गरेको संक्षिप्त पत्रकार सम्मेलनमा समेत यसबारेमा केही बताएनन् । 
 
धेरै अमेरिकीहरुले दोस्रो चरणको स्टिमुलस चेक पनि प्राप्त हुने आशा गरेका थिए ।तस्बिर: सामाजिक संजाल