मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

भारतमा एकैदिनमा ६१ हजार ५०० भन्दा बढी सङ्क्रमित

भारतमा एकैदिनमा ६१ हजार ५०० भन्दा बढी सङ्क्रमित


नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट एकैदिनमा ६१ हजार ५०० भन्दा बढी सङ्क्रमित भएका छन् ।
 
सरकारी अधिकारीहरुले शनिबार दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा भारतमा ६१ हजार ५३७ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका हुन् ।
 
त्यसैगरी सोही अवधिमा मात्रै कोरोनाका कारण ९४० जनाको मृत्यु भएको पनि अधिकारीहरुले जानकारी दिएका छन् । 
 
योसँगै शनिबारसम्ममा भारतमा कुल सङ्क्रमितको संख्या २१ लाख १४ हजार १४० पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । त्यसैगरी भारतमा कोरोनाभाइरसका कारण मृत्यु भएकाहरुको कुल संख्या ४२ हजार ८२१ पुगेको पनि मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।
 
मन्त्रालयले भारतमा अहिले पनि छ लाख २८ हजार १३६ जना सङ्क्रमित अवस्थामै रहेको स्पष्ट पारेको छ । त्यसैगरी १४ लाख ४३ हजार १२३ जनालाई भने निको भइसकेको छ । 
 
कोरोना भाइरसबाट सबैभन्दा धेरै प्रभावित रहेको महाराष्ट्र प्रदेशमा अहिलेसम्म एक लाख ४५ हजार ८८९ जना अहिले पनि सङ्क्रमित रहेका छन् । त्यहाँ कुल सङ्क्रमित मध्ये तीन लाख २७ हजार २८१ जना सङ्क्रमणमुक्त भइसकेका छन् । महाराष्ट्रमा मात्रै कोरोनाका कारण अहिलेसम्म १७ हजार ९२ जनाको मृत्यु भएको छ । एएनआई  

शेयर गर्नुहोस:

0
Shares