काठमाडौँ । विश्वमा कोरोना भाइरस सङ्क्रमणको कारण ७ लाख २० हजार २१७ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जनाएको छ ।
सो संगठनका अनुसार शुक्रबार मध्यरातिसम्म विश्वभर एक करोड ९३ लाख ९३ हजार १६३ जना व्यक्ति कोरोना सङ्क्रमित भएका छन् ।
सङ्क्रमितमध्ये हालसम्म एक करोड २४ लाख ४९ हजार ३७१ व्यक्ति कोरोनामुक्त भएका छन् । विश्वभरमा ६२ लाख २३ हजार ५७५ व्यक्तिको उपचार भइरहेको छ । सङ्क्रमितमध्ये ६५ हजार १७३ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
चीनको हुवेई प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस सङ्क्रमणका कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।
डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र ५० लाख ५० हजार ९७६ जना कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा एक लाख ६३ हजार १४९ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।
अमेरिकामा कोरोना भाइरस सङ्क्रमणका कारण एकै दिनमा १२०३ जनाको मृत्यु भएको जोन्स हप्किन्स् विश्वविद्यालयले जानकारी दिएको छ ।
यस्तै, दक्षिण अमेरिकामा ४५ लाख ५८ हजार ८५ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् । यहाँ एक लाख ५५ हजार २२१ जनाको मृत्यु भएको छ ।
उत्तर अमेरिकामा ५९ लाख ४१ हजार ५६१ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् । यहाँ दुई लाख ३० हजार २९३ जनाको मृत्यु भएको छ ।
युरोपमा २९ लाख ९८ हजार २०३ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् भने दुई लाख ५ हजार ५९० को मृत्यु भएको छ ।
एसियामा ४८ लाख ५७ हजार ५८७ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने १ लाख ६ हजार ६३६ जनाको मृत्यु भएको छ ।
अफ्रिकामा १० लाख १४ हजार ८६४ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने २२ हजार १७० जनाको मृत्यु भएको छ ।
ओसियानामा २२ हजार १४१ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने २९२ जनाको मृत्यु भएको छ । एजेन्सीको सहयोगमा ।
प्रतिक्रिया