मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

कोरोना संक्रमणबाट विश्वभर ६ लाख ९० हजार बढीको मृत्यु

कोरोना संक्रमणबाट विश्वभर ६ लाख ९० हजार बढीको मृत्यु


बेइजिङ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण आइतबार रातिसम्म कुल मृतकको संख्या छ लाख ९० हजारभन्दा बढी पुगेको छ ।
 
अधिकारीहरुले आइतबार दिएको जानकारीअनुसार कोरानाका कारण कुल मृतकको संख्या छ लाख ९० हजार ३० पुगेको हो । 
 
त्यसैगरी कुल सङ्क्रमितको संख्या पनि एक करोड ८० लाख ९५ हजार ६७५ पुगेको पछिल्लो तथ्यांकमा उल्लेख गरिएको छ । 
 
सबैभन्दा धेरै सङ्क्रमित र मानवीय क्षति अमेरिकामा भएको छ भने दोस्रो धेरै प्रभावित ब्राजिलमा देखिएको छ । 
 
पछिल्लो विवरणअनुसार अमेरिकामा कुल सङ्क्रमितको संख्या ४७ लाख ७८ हजार १७७ पुगेको छ । त्यसैगरी यहाँ कुल मृतकको संख्या एक लाख ५८ हजार ३९ पुगेको पनि अधिकारीहरुले जनाएका छन् । 
 
दोस्रो धेरै प्रभावित भएको ब्राजिलमा २७ लाख आठ हजार ८७६ जना सङ्क्रमित भएका छन् भने ९३ हजार ६१६ जनाको मृत्यु भएको छ । 
 
भारतमा प्रदेश मन्त्री कमल रानी वरुणको कोरोना भाइरसको संक्रमणबाट निधन भएको छ । उत्तर प्रदेशकी मन्त्री रानीको निधन भएको प्रदेश सरकारका प्रवक्ताले पुष्टि गरेका छन् ।
 
उनीसँगै भारतमा पछिल्लो २४ घन्टामा कोरोनाका कारण ८५३ जनाको मृत्यु भएको छ । कुल मृतकको संख्या भने ३७ हजार ६९० पुगेको अधिकारीहरुले जनाएका छन् । 
 
भारतमा पछिल्लो २४ घन्टामा ५४ हजार ८६५ जना सङ्क्रमित भएका छन् । योसँगै कुल सङ्क्रमितको संख्या १७ लाख ८० हजार २६८ पुगेको छ । सिन्ह्वा 

शेयर गर्नुहोस:

0
Shares