मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

भारतका सरकारका गृहमन्त्रीमा कोरोना संक्रमण पुष्टि

भारतका सरकारका गृहमन्त्रीमा कोरोना संक्रमण पुष्टि


नयाँ दिल्ली । भारतीय संघीय सरकारका गृहमन्त्री अमित शाहलाई कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ ।
 
भारतीय जनता पार्टीका वरिष्ठ नेतासमेत रहेका मन्त्री शाहले आइतबार ट्वीटरमार्फत आफूलाई कोभिड–१९ सङ्क्रमण पुष्टि भएको बताएका छन् । 
 
मन्त्री शाहले आफूलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको बताउँदै आफ्नो सम्पर्कमा आएका सबैलाई कोभिड–१९ सङ्क्रमण परीक्षण गर्न आग्रहसमेत गरेका छन् ।  
 
शाहले ट्वीट गर्दै भनेका छन्,  “केही लक्षणहरूको आधारमा गरिएको परीक्षणले मलाई कोरोना भाइरस सङ्क्रमण भएको देखिएको छ । सङ्क्रमणका बावजुद पनि मलाई अन्य शारीरिक समस्या देखिएको छैन । तर, स्वास्थ्यकर्मीको सल्लाहमा म आफूलाई अस्पतालमा भर्ना गर्दैछु ।”  
 
उनले भने, “विगतका केही दिनहरुमा मेरो सम्पर्कमा आएका व्यक्तिहरु पनि तुरुन्तै एक्लै बस्न र परीक्षण गर्नुहुन आग्रह गर्दछु ।” शनिबारमात्रै उत्तर प्रदेशमा मन्त्री कमला रानीको लखनउमा कोभिड–१९ सङ्क्रमणका कारण मृत्यु भएको थियो । उनको सङ्क्रमण पुष्टि भएपछि लखनउस्थित एक अस्पतालमा भर्ना गरी उपचार गर्दै गर्दा मृत्यु भएको थियो । 
 
भारतमा पछिल्ला दिनहरूमा कोरोना भाइरस सङ्क्रमण दर निकै बढेको सरकारी तथ्याङ्कले देखाएको छ । भारतमा आइतबारसम्ममा १७ लाख ६१ हजार १६६ जना सङ्क्रमित भएका छन् भने अहिलेसम्म ३७ हजार भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । भारतमा सङ्क्रमण दर जुलाईमा अत्यधिक वृद्धि भएका देखिएको छ । सिन्ह्वा

शेयर गर्नुहोस:

0
Shares