बिश्व घटना

भारतमा १५ लाख ५८ हजार बढी संक्रमित, ३४ हजार ४८४ को मृत्यु

भारतमा १५ लाख ५८ हजार बढी संक्रमित, ३४ हजार ४८४ को मृत्यु


नयाँ दिल्ली । भारतमा ‘कोभिड १९’ सङ्क्रमितको संख्या १५ लाख ५८ हजार नाघेको छ । 
 
गत २४ घन्टामा भारतका ४९ हजार ६३२ मा कोरोना भाइरस पोजेटिभ देखिएपछि कुल सङ्क्रमितको संख्या १५ लाख ५८ हजार ६३२ पुगेको त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ । 
 
भारतमा गत २४ घन्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण ७७६ जनाको मृत्यु भएपछि कुल मृतकको संख्या ३४ हजार ४८४ जना पुगेको छ । 

सरकारी अधिकारीहरुका भारतमा कोरोना भाइरस सङ्क्रमितमध्ये ९ लाख ९९ हजार ३१८ व्यक्ति निको भएर फर्किएका छन् । 
 
हाल भारतमा ५ लाख २४ हजार ६४४ जना कोरोना भाइरस सङ्क्रमित अवस्थामा रहेका छन् । एएनआई

Advertisement