मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

क्यानाडामा कोभिड–१९ संक्रमितमा युवाहरु बढी

क्यानाडामा कोभिड–१९ संक्रमितमा युवाहरु बढी


मन्ट्रियल । क्यानाडामा कोरोना भाइरस सङ्क्रमित व्यक्तिमध्ये अधिकांश ३९ वर्षभन्दा कम उमेर समूहका यूवाहरू रहेको भेटिएको यहाँका स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।
 
“हालै सार्वजनिक कोरोना भाइरसबारे राष्ट्रिय अनुगमनको एक तथ्यांकअनुसार २०–३९ वर्ष उमेर समूहमा कोभिड–१९ सङ्क्रमण दर बढी रहेको देखिएको छ,” क्यानाडाका प्रमुख जनस्वास्थ्य अधिकारी थेरिसा तामद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
 
जुलाई २२ मा समाप्त भएको एक साताको अध्ययनअनुसार २०–२९ वर्ष उमेर समूहका युवा तथा युवतीहरूमा प्रति एक लाख १४.४ प्रतिशत र १३.८ प्रतिशत रहेको यसपछि ३०–३९ वर्ष उमेर समूहका मानिसमा सङ्क्रमण दर धेरै रहेको बताइएको छ । 
     
युवा क्यानाडियालीहरू कोरोनाभाइरसको सङ्क्रमणबाट अजेय छैनन् । सङ्क्रमित भएमा गम्भीर स्वास्थ्य समस्याको जोखिममा रहेका बुढा व्यक्तिहरू मात्र होइनन् ।
  
गत हप्ता सार्वजनिक स्वास्थ्य रिपोर्टअनुसार ३९ वर्षमुनिका ६३ प्रतिशत सङ्क्रमितमध्ये एक तिहाईलाई अस्पताल भर्ना भई उपचार गर्नुपरेको थियो ।
 
गत हप्ता क्यानडामा दैनिक औषत ४८७ नयाँ कोभिड–१९ सङ्क्रमित बिरामी भेटिएका थिए ।
  
क्यानाडाले लकडाउन सम्बन्धित प्रतिबन्धात्मक व्यवस्था हटाउने घोषणा गर्ने क्रममा तामले नागरिकहरूलाई सतर्क हुन, सामाजिक दूरी र स्वच्छताका उपायहरू अवलम्बन गर्न आग्रह गरे ।  
 
उनले भने, “खोपको अभावमा कोभिड–१९ को सामना गरी बाँच्नु जोखिमको कुरा हो ।” पछिल्लो तथ्यांकअनुसार क्यानडामा एक लाख १३ हजार ९११ व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ भने आठ हजार ९०० जनाको सङ्क्रमणपछि मृत्यु भएको छ ।
 
क्यानाडामा सार्वजनिक स्वास्थ्यलाई लिएर दिइने दिशा निर्देशको व्यापक सम्मान गरिन्छ । यद्यपि क्यानाडाको क्युबेक सहर, जसलाई मास्क लगाउन अनिवार्य गरिएकोमा मास्क लगाउने आह्वानको विरोधमा सयौँ व्यक्तिले प्रदर्शन गरेका थिए । एएफपी