जेनेभा । कोरोना भाइरसको संक्रमणबाट विश्वभर एक करोड ६३ लाख १९हजार ८९ जना व्यक्ति कोरोना भाइरस संक्रमित भएका छन् । कोरोना भाइरस संक्रमणको कारण विश्वभर छ लाख ५० हजार २६१ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
संक्रमितमध्ये हालसम्म ९९ लाख ८१ हजार २८२ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ५६ लाख ८७ हजार ५४३ व्यक्ति कोरोना भाइरस संक्रमित रहेका उनीहरुको उपचार भइरहेको छ । संक्रमितमध्ये ६६ हजार २३५ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।
डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र ४३ लाख ४१ हजार ४९१ जना कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा एक लाख ४९ हजार ६०१ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।
दक्षिण अमेरिकामा ३७ लाख २ हजार ६९४ जना कोरोना भाइरस संक्रमित रहेका छन् । यहाँ एक लाख ३३ हजार १४१ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ५० लाख ९० हजार ५०४ जना कोरोना भाइरस संक्रमित रहेका छन् । यहाँ दुई लाख ७ हजार ९५६ जनाको मृत्यु भएको छ ।
युरोपमा २७ लाख ७७ हजार ३९० जना कोरोना भाइरस संक्रमित रहेका छन् भने दुई लाख १ हजार ४३३ जनाको मृत्यु भएको छ । एसियामा ३८ लाख ९६ हजार ३२४ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने ८९ हजार ९२८ जनाको मृत्यु भएको छ ।
अफ्रिकामा ८ लाख ३५ हजार ३१८ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने १७ हजार ६११ जनाको मृत्यु भएको छ । ओसियानामा १६ हजार १३२ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने १७७ जनाको मृत्यु भएको छ । एएफपी









प्रतिक्रिया