बिश्व घटना

उत्तर कोरियामा कोरोना नियन्त्रण गर्न संकटकाल घोषणा

उत्तर कोरियामा कोरोना नियन्त्रण गर्न संकटकाल घोषणा


सोल । उत्तर कोरियामा कोरोना नियन्त्रणका लागि संकटकालको घोषणा गरिएको छ ।  
 
कोरोनाभाइरसबाट सङ्क्रमित भेटिएपछि फैलिने डरले लकडाउनसहितको संकटकाल घोषणा गरिएको राज्यद्वारा सञ्चालित सञ्चार माध्यमले जनाएको छ । 
 
सिमानामा पर्ने काएसोङ सहरमा पहिलो कोरोना सङ्क्रमित भेटिएकोले संकटकाल लगाउनु परेको अधिकारीहरुले जानकारी दिएका छन् । 
 
सर्वोच्च नेता किम जोङ उनले शनिबार पोलिटव्युरो बैठकमार्फत संकटकाल लगाउँदै उच्च सतर्कता अपनाउनु पर्ने निर्णय गराएकका हुन् । नेता किमले भाइरसलाई परास्त पार्न उच्चतम आपतकालीन प्रणाली लागु गर्न आदेश दिएका छन् । 
 
आफ्ना गतिविधि एवम् विवरणहरू गोप्य राख्ने गरेको उत्तर कोरियाले यसअघि कोरोनासम्बन्धी कुनै पनि घटनाहरू नभएको दाबी गर्दै आएको थियो । एएफपी