वासिङ्टन । संयुक्तराज्य अमेरिकाको पश्चिमी उटाह राज्यको वेस्ट जोर्डानमा सानो विमान शनिबार दुर्घटना हुँदा बिमानमा सवार तीन जनाको मृत्यु भएको छ । विमानमा तीन बालबच्चासहित कुल छ जना सवार रहेको प्रहरीले जनाएको छ ।
वेस्ट जोर्डान प्रहरी विभागका अनुसार एक–इन्जिनयुक्त उक्त विमान वेस्ट जोर्डानको पछिल्तिर आवासिय क्षेत्रमा खसेको थियो ।
पवमान खसेको एक घरकी महिला पनि घाइते भएको र उनको स्वास्थ्य अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
अमेरिकी संघीय नागरिक उड्डयन प्रशासनले उक्त घटनाको छानबिन थालेको छ । सिन्ह्वा
प्रतिक्रिया