मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

युरोपमा कोरोना महामारी बढेपछि डब्लुएचओद्वारा चिन्ता व्यक्त

युरोपमा कोरोना महामारी बढेपछि डब्लुएचओद्वारा चिन्ता व्यक्त


कोपेनहेगन । युरोपेली मुलुकहरुमा कोरोना भाइरसको सङ्क्रमण थप फैलिएको भन्दै विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले चिन्ता व्यक्त गरेको छ । 
 
डब्लुएचओको युरोप शाखाले शुक्रबार चासो देखाउँदै सङ्क्रमण बढेका मुलुकहरुमा निधेषात्मक व्यवस्थालाई अवलम्बन गर्नुपर्नेमा पनि जोड दिएको छ ।   
 
गत बिहीबारसम्ममा युरोपमा ३० लाखभन्दा बढीमा सङ्क्रमण पुष्टि भएको अधिकारीहरुले जानकारी दिएका छन् । त्यसैगरी मृतकको संख्या पनि बढीरहेको उनीहरुको भनाइ छ । यूरोपेली राष्ट्रहरू फ्रान्स, जर्मनी, बेलायत, स्पेन र इटली केहीसमय पहिलेसम्म अत्यधिक प्रभावित मुलुक रहेको भए पनि ती मुलुकहरूमा पछिल्लो समयमा सङ्क्रमण घट्दो क्रममा रहेको देखिन्छ । यद्यपि महामारी नियन्त्रणमा नै आइसकेको भने होइन । 
 
पूर्व सोभियत संघबाट छुट्टिएर स्वतन्त्र बनेको किर्गिजस्थान कोरोनाको महामारीबाट सबैभन्दा बढी ग्रसित भएको छ । त्यसैगरी मोन्टेनेग्रो, लक्जेम्वर्ग, बोस्निया हर्ज गोभिना, सर्बिया, रोमानिया र बुल्गेरिया पनि धेरै प्रभावित देशमा पर्दछन् ।
 
डब्लुएचओकी एक जना प्रवक्ताले भनिन्, “पछिल्लो समय कतिपय देशहरुमा सङ्क्रमितहरुको सङ्ख्या झन झन बढेको छ, भौतिक दूरी कायम गर्नेलगायतका आधारभूत स्वास्थ्य सतर्कता अपनाउनु पर्ने आवश्यकता देखिएको छ ।” 
 
गत मे २० देखि युरोपभरि दैनिक औषत २० हजार जना सङ्क्रमितहरु थपिने गरेको पनि उनले जानकारी दिए । एएफपी

शेयर गर्नुहोस:

0
Shares