मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

विश्वभर कोरोना सक्रमितको संख्या एक करोड ५६ लाख ५७ हजार नाघ्यो

विश्वभर कोरोना सक्रमितको संख्या एक करोड ५६ लाख ५७ हजार नाघ्यो


जेनेभा । विश्वमा शुक्रबारसम्म एक करोड ५६ लाख ७५ हजार ७७९ जना व्यक्ति कोरोना भाइरस संक्रमित भएका छन् । कोरोना भाइरस संक्रमणको कारण विश्वभरी छ लाख ३६ हजार ९४१ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० ले बिहीबार जानकारी दिएको छ । 
 
संक्रमितमध्ये हालसम्म ९५ लाख ६२ हजार ४१६ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ५४ लाख ७६ हजार ४१३ व्यक्ति कोरोना भाइरस संक्रमित रहेका उनीहरुको उपचार भइरहेको छ । संक्रमितमध्ये ६६ हजार १७४ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । 
 
चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र ४१ लाख ७० हजार १३१ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा एक लाख ४७ हजार ३३३ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।
 
दक्षिण अमेरिकामा ३५ लाख ४५ हजार ४९७ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ एक लाख २९ हजार २१६ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ४८ लाख ८९ हजार ४९७ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ  दुई लाख ३ हजार  ८८७ जनाको मृत्यु भएको छ ।
 
युरोपमा २७ लाख ३६ हजार २५६ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने दुई लाख ५३१ को मृत्यु भएको छ । एसिया ३६ लाख ८२ हजार ५४ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने ८६ हजार ६७ जनाको मृत्यु भएको छ ।
 
अफ्रिकामा सात लाख ९२ हजार ४० जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने १६ हजार ७५६ जनाको मृत्यु भएको छ ।  ओसियानामा १५ हजार २९३ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने १६१ जनाको मृत्यु भएको छ । एएफपी

शेयर गर्नुहोस:

0
Shares