हिमालयखवर विशेष संवाददाता-
अमेरिका। जेएमआईए कस्तो कम्पनी हो साथीहरु, गौरी जोशीले यस्तो स्ट्याटस लेखे । यो स्ट्याटसमा उत्तर दिने नेपालीले विभिन्न प्रतिकृया दिईरहेका छन् । एनआरएनएका सचिव जोशीको यो स्ट्याटस न्यूयोर्क स्टक एक्स्चेञ्जसंग सम्वन्धित थियो ।
जेएमआईएको शेयर मूल्य केही दिन यता घटिरहेको छ । जोशी लगानीकर्ता पनि हुन उनले अमेरिका र नेपालका कयौं व्यवसायमा लगानी गरेका छन् । शेयरमा पनि पैसा हालेका छन् । त्यसैले जेएमआईएका वारेमा चासो राखेका हुन् ।
जेएमआईए के हो ? केही नेपालीले जोशीको स्ट्याटसका उत्तरमा लेखेका छन् अफ्रिकाको ई वे । न्यूयोर्क स्टक एक्स्चेञ्जमा दर्ता हुने पहिलो अफ्रिकी कम्पनी ।
फेसबुकमा रविनहुड नेपाली समुह छ । रविनहुड अहिले चर्चित ब्रोकर कम्पनी हो । यही आधारमा नेपालीले रविनहुड नेपाली समुह खोलेका हुन् । रविनहुडमा अनलाइनमा शेयर कारोवारका लागि व्यक्तिगत खाता केही मिनेटमानै खुल्छ । यस माथि एक शेयर फ्रिमा पनि दिन्छ । भोलि कुन शेयरमा के होला रविनहुड नेपाली समुहमा जानकारी आईरहेको हुन्छ । अधिकांश शेयर कारोवार गर्ने नेपाली युवाहरुले यहां सुझाव दिईरहेका हुन्छन । त्यहां प्राय राम्रो सुझाव हुन्छन् । तर, शेयरमा लगानी व्यक्तिगत निर्णय हो । यसको जोखिमपनि व्यक्तिगत हुन्छ । यो पक्तिंकारलाई पनि उक्त समुहले पनि एक्सेस दिएको छ ।
रविनहुड नेपाली समुह भित्रका आशिष संग्रोला लेख्छन स्टे हेल्थी, स्टे ग्रिन । कारोवारमा दुवै महत्वपुर्ण हुनुपर्यो । शेयर बजारमा लगानीकर्ता तनाव वढ्न सक्छ त्यसैले पहिले स्वस्थ्य हुनै पर्यो । दोस्रो हरियो हुनुपर्यो । हरियो भनेको फाइदा आएको छ भन्ने सकेत हो । शेयर बजार वढ्दा हरियो रंग आउंछ । घट्दा रातो रंग आउंछ ।
लगानीकर्ताले आफै जोखिम लिने हो त्यसैले रिसर्च गरेर पैसा लगाउं आशिषको सुझाव छ । रविनहुड नेपाली समुहमा कुन शेयर कस्तो छ भन्ने बारेमा पनि नेपालीहरु विच कृया प्रतिकृया चलिरहेको हुन्छ । कयौं जानकारीहरु त्यहां राखिन्छ । यस आधारमा पनि धेरै नेपालीहरुले शेयरमा लगानी गरेको सहजै अनुमान गर्न सकिन्छ ।
शेयर बजारमा महत्वपुर्ण समय हो । समयमा किन्न र विक्री गर्न सकियो भने नाफा पाइन्छ । समय वुझ्न नसक्दा नोक्सान पर्छ । यहां नाफा कमाउने, गुमाउने देखि नोक्सान भएर स्वास्थ्य नै विगार्ने सम्मका लगानीकर्ता हुन्छ । यो बजार यस्तो हो जहां हल्ला, संभावना, आशा निराशा सवै सुन्न र देख्न पाइन्छ । अमेरिकी शेयर बजार विश्वकै ठुलो बजार हो । यहां विश्वका कयौं देशका कम्पनी सुचिकृत छन् । चिलीको एयरलाइन्स देखि चीनको इलेक्ट्रिोनि भोईकल (ईभी) वनाउने कम्पनी नियो यहां सुचिकृत छन् । एलके भन्ने चीनमा स्टासबक्ससंग तुलना हुने कफि कम्पनीको एकाउण्टमा तल माथि गरेको आरोप लागेको छ । वालस्ट्रिट जर्नरल लेख्छ एलकेको एकाउण्ट फ्रडले अमेरिकी लगानीकर्तालाई झस्काएको छ ।
ब्राजिलका कम्पनी सुचकिृत छन् । भारतीय मुलका व्यक्तिका कम्पनीपनि भेटिन्छन् । गांजा कम्पनी देखि जहाज कम्पनी बोइगं सम्मका शेयर नियमित किनबेच हुन्छ ।
लसएजल्सका बासु घिमिरे भविष्यका लाागि हेरेर पैसा लगाउने लगानीकर्ता हुन् । नियोमा आफुले धान्न सकिने पैसा हाल्ने पांच बर्ष पछि त्यही शेयर विक्री गरेर जीवन धान्न सकिनेमा उनी ढुक्क छन् । जोशी सोचविचार गरेर वुझेर पैसा लगाउने लगानीकर्ता हुन् । जीएमआईएमा त्यही भएर अहिले सोधखोज गरेका हुन् । एफ, नियो, पीई जस्ता कम्पनी जोशीको प्रथामिकतामा छन् । तर, लगानीकर्ता रविन ब्रजाचार्य भने भोलिनै पैसा बनाउने उद्देश्य राखेर शेयर बजारमा आउन हुदैंन भन्ने मान्यता राख्छन् । यहां सवैको आ आफ्नै सोच हुन्छ । तर, जोखिम जसले लगानी गर्छ उसले नै लिने हो । सुझाव सल्लाहले यस्तो भयो भन्नुको कुनै अर्थ राख्दैन ।
अहिलेसम्म न्यूयोर्क स्टकमा नेपाली कम्पनीको शेयर सुचिकृत भने भएको छैन । नेपालका एकमात्र बहुराष्ट्रिय लगानीकर्ता विनोद चौधरीले न्यूयोर्क स्टकमा वाईवाईको शेयर सुचिकृत गर्ने महवत्कांक्षा राखेका छन् । तर, सुचिकृत गर्ने प्रकृया शुरु गरेका छैनन् । आशा छ विनोद चौधरीले यो नेपालका लागि यो रेकर्डपनि वनाउंछन् । होस्टेमा हैसे गरौ।
यती पढेपछि भ्रममा नपरौं निकै प्रचार प्रसार भएको सुगन अमेरिकामा सुचिकृत कम्पनी होइन । यो कम्पनी त्यहां सुचिकृत हुने स्थितिमा पनि पुगेको छैन । यसको शेयर मूल्य बजारले निर्धारण गर्दैन । सगुनको एक शेयर यसका लगानीकर्ताले २३ अमेरिकी डलरमा विक्री गर्दै आएका छन् । रविनहुड नेपाली समुह यसमा पनि बहस गरौं । सुगनको शेयर वास्तविकतामा पेनी शेयर हो वा होइन । तस्बिर: सामाजिक संजाल







प्रतिक्रिया