मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

कोभिड-१९ बाट विश्वभर एक करोड ५४ लाख ५३ हजार संक्रमित

कोभिड-१९ बाट विश्वभर एक करोड ५४ लाख ५३ हजार संक्रमित


जेनेभा । कोरोना भाइरसको संक्रमणबाट विश्वभर एक करोड ५४ लाख ५३ हजार ८४ जना व्यक्ति कोरोना भाइरस संक्रमित भएका छन् । कोरोना भाइरस संक्रमणको कारण विश्वभर छ लाख ३१ हजार ६८१ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बिहीबार जानकारी दिएको छ । 
 
संक्रमितमध्ये हालसम्म ९४ लाख ७ हजार ८५९ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ५४ लाख १३ हजार ५४४ व्यक्ति कोरोना भाइरस संक्रमित रहेका उनीहरुको उपचार भइरहेको छ । संक्रमितमध्ये ६६ हजार २६१ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । 
 
चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । 
 
डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र ४१ लाख १६ हजार ३४९ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा एक लाख ४६ हजार ४११ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।
 
दक्षिण अमेरिकामा ३४ लाख ६५ हजार ९७७ जना कोरोना भाइरस संक्रमित रहेका छन् । यहाँ एक लाख २७ हजार १११ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ४८ लाख २१ हजार ६१६ जना कोरोना भाइरस संक्रमित रहेका छन् । यहाँ दुई लाख ३ हजार १३३ जनाको मृत्यु भएको छ । 
 
युरोपमा २७ लाख २८ हजार ६८२ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने दुई लाख ३९७ को मृत्यु भएको छ । एसियामा ३६ लाख ४६ हजार १४४ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने ८५ हजार ३७६ जनाको मृत्यु भएको छ ।
 
अफ्रिकामा सात लाख ७४ हजार ९४६ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने १६ हजार ४९४ जनाको मृत्यु भएको छ । ओसियानामा १४ हजार ९९८ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने १५५ जनाको मृत्यु भएको छ । एएफपी