मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

भारतमा कोरोना संक्रमितको संख्या १२ लाख नाघ्यो

भारतमा कोरोना संक्रमितको संख्या १२ लाख नाघ्यो


नयाँ दिल्ली । भारतमा सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ३९ हजार १६८ जना कोरोना भाइरस संक्रमित थपिएका छन्  । योसँगै भारतमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित भएकाहरुको संख्या १२ लाख २० हजार ४३३ पुगेको अधिकारीहरुले जनाएका छन् । 
 
केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले एकै दिनमा ६७१ जनाको कोरोनाका कारण मृत्यु भएको पनि जनाएको छ । त्यसैसँगै भारतमा कोरोनाकै कारण मृत्यु भएकाहरुको संख्या अहिलेसम्म २९ हजार ५३१ पुगेको अधिकारीहरुले जानकारी दिएका छन् । 
 
भारतमा अहिले पनि ४ लाख १८ हजार ४१४ जना संक्रमित अवस्थामै रहेका छन् भने ७ लाख ७२ हजार ४८८ जना संक्रमणमुक्त भएका छन् । कोरोनाबाट भारतमा सबैभन्दा धेरै प्रभावित भएको महाराष्ट्र प्रदेशमा ३ लाख २७ हजार ३१ जना संक्रमित भएका छन् भने संक्रमणको कारण १२ हजार २७६ व्यक्तिको मृत्यु भएको छ  । 
 
त्यसपछि तमिलनाडुमा १ लाख ८० हजार ६४३ संक्रमित रहेका छन् । राजधानी समेत रहेको दिल्ली प्रदेशमा १ लाख २५ हजार ९६ कोरोना भाइरस संक्रमित रहेका छन् । त्यसपछि आन्ध्र प्रदेशमा ५८ हजार ६६८ र कर्नाटकामा ७१ हजार ६९ र तेलङ्गानामा ४७ हजार ६७ जनामा कोरोना भाइरस संक्रमण रहेको छ । एएनआइ