मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

विश्वभर एक करोड ५१ लाख ९० हजार जनामा कोरोना संक्रमण

विश्वभर एक करोड ५१ लाख ९० हजार जनामा कोरोना संक्रमण


जेनेभा । कोरोना भाइरसको विश्वव्यापी प्रकोपबाट बुधबारसम्म १ करोड ५१ लाख ९० हजार व्यक्ति संक्रमित भएका छन् । कोरोना भाइरस संक्रमणको कारण विश्वभर ६ लाख २१ हजार ९८६ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बुधबार जानकारी दिएको छ । 
 
संक्रमितमध्ये हालसम्म ९१ लाख ७५ हजार ४७७ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ५३ लाख ९२ हजार ४५७ व्यक्ति कोरोना भाइरस संक्रमित रहेकामा उनीहरुको उपचार भइरहेको छ । संक्रमितहरुमध्ये ६३ हजार ६४९ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
 
चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र ४० लाख ४७ हजार ५६ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख ४५ हजार २७५ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।
 
दक्षिण अमेरिकामा ३३ लाख ८६ हजार ६८० जना कोरोना भाइरस संक्रमित रहेका छन् । यहाँ १ लाख २१ हजार ७०७ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ४७ लाख ४२ हजार ३३ञ् जना कोरोना भाइरस संक्रमित रहेका छन् । यहाँ २ लाख १०६ जनाको मृत्यु भएको छ । 
 
युरोपमा २७ लाख १४ हजार ५० जना कोरोना भाइरस संक्रमित रहेका छन् भने २ लाख ११४ को मृत्यु भएको छ । एसियामा ३५ लाख ७५ हजार ६५७ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ८४ हजार ८३ जनाको मृत्यु भएको छ ।
 
अफ्रिकामा ७ लाख ५५ हजार ८९४ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १५ हजार ८११ जनाको मृत्यु भएको छ । ओसियानामा १४ हजार ५८७ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १५० जनाको मृत्यु भएको छ । एएफपी

शेयर गर्नुहोस:

0
Shares