मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या छ लाख १५ हजार नाघ्यो

विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या छ लाख १५ हजार नाघ्यो


जेनेभा । विश्वभर कोरोना भाइरस संक्रमणको कारण ६ लाख १५ हजार ३५० व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मंगलबार जानकारी दिएको छ । सो संगठनका अनुसार मंगलबारसम्म विश्वभरमा १ करोड ४९ लाख ३७ हजार ३३८ जना व्यक्ति कोरोना संक्रमित भएका छन् । 
 
संक्रमितमध्ये हालसम्म ८९ लाख ६७ हजार १६७ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ५३ लाख ५४ हजार ८२४ व्यक्ति कोरोना भाइरस संक्रमित रहेका उनीहरुको उपचार भइरहेको छ । संक्रमितहरुमध्ये ६३ हजार ७२१ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । 
 
चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र ३९ लाख ८३ हजार ९४१ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख ४४ हजार २५४ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।
 
दक्षिण अमेरिकामा ३३ लाख १५ हजार ४७३ जना कोरोना भाइरस संक्रमित रहेका छन् । यहाँ १ लाख १९ हजार ६०८ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ४६ लाख ६६ हजार ८३९ जना कोरोना भाइरस संक्रमित रहेका छन् । यहाँ १ लाख ९्८ हजार २१ जनाको मृत्यु भएको छ । 
 
युरोपमा २७ लाख ३९२ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ९९ हजार ७५१ को मृत्यु भएको छ । एसियामा ३४ लाख ९९ हजार ९२६ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ८२ हजार ३२६ जनाको मृत्यु भएको छ ।
 
अफ्रिकामा ७ लाख ४१ हजार २३३ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १५ हजार ४८० जनाको मृत्यु भएको छ । ओसियानामा १४ हजार ११३ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १४९ जनाको मृत्यु भएको छ । एएफपी

शेयर गर्नुहोस:

0
Shares