मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

भारतमा एकैदिन ३२ हजार ६९५ व्यक्ति संक्रमित

भारतमा एकैदिन ३२ हजार ६९५ व्यक्ति संक्रमित


नयाँ दिल्ली । भारतमा एकैदिनमा कोरोनाभाइरसबाट संक्रमित भएकाको संख्या ३२ हजार ६९५ पुगेको छ । यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै भएको अधिकारीले बिहीबार जानकारी दिएका छन् ।
 
केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा पछिल्लो २४ घन्टामा  ३२ हजार ६९५ संक्रमित भएको जनाएको छ । मन्त्रालयका अनुसार योसँगै भारतमा कुल संक्रमितको संख्या ९ लाख ८० हजार ७१० पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार जानकारी दिएको छ ।
 
त्यसैगरी भारतमा गत २४ घन्टामा कोरोनाका कारण ६०६ जनाको मृत्यु भएको थियो । भारतमा कोभिड १९ बाट मृत्यु हुनेका संख्या २५ हजार १२२ पुगेको छ ।
 
भारतमा अहिले पनि संक्रमित अवस्थामै रहेकाहरुको संख्या ३ लाख ३५ हजार ३९४ रहेको छ भने ६ लाख २० हजार १९४ जना संक्रमणमुक्त भइसकेका छन् ।  
 
भारतमा महाराष्ट्र राज्य अत्यन्त प्रभावित भएको छ । यहाँ संक्रमितको संख्या २ लाख ७५ हजार ६४० पुगेको छ । तीमध्ये  १० हजार ९२८ जनाको मृत्यु भइसकेको छ । 
 
त्यसैगरी कोरोनाबाट दोस्रो धेरै प्रभावित भएको तमिलनाडु राज्यमा १ लाख ५१ हजार ८२० संक्रमित हुँदा  २ हजार १६७ जनाको मृत्यु भएको छ ।
 
केन्द्रीय राजधानीसमेत रहेको दिल्ली राज्यमा पनि १ लाख १६ हजार ९९३ जना संक्रमित भएका छन् भने ३ हजार ४८७ जनाको कोरोनाका कारण मृत्यु भएको छ । एएनआई