मस्को । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसका संक्रमितहरुको कडा मात्रामा निगरानी गर्न सल्लाह दिएको छ । संक्रमण दरलाई बढ्न नदिन तथा सकेसम्म समुदायस्तरमा फैलिन नदिने यस्तो निगरानीको निकै खाँचो रहेको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको हो ।
विश्व स्वास्थ्य संगठनले प्रत्येक देशले प्रतिदिन दश लाख नागरिकमध्ये कम्तीमा पनि १४० जना नागरिकको पिसिआर परीक्षण गर्नुपर्ने सुझाव दिएको हो ।
भारतका विभिन्न २२ संक्रमित स्थानहरुमा प्रतिदिन प्रति १० लाखमध्ये १४० जनामा र कहिँ त त्यो भन्दा पनि बढी मानिसमा यसको परीक्षण गर्ने गरेको पाइएको समाचारहरुमा जनाइएको छ ।
तर, पछिल्ला हप्ताहरुमा भारतमा प्रति दश लाख नागरिकमध्ये कतै कतै त आठ हजार जनाभन्दा पनि बढीमा यस्तो परीक्षण गर्ने गरिएको बताइएको छ । भारतमा पछिल्ला हप्ताहरुमा एक हजार २०० भन्दा पनि बढी प्रयोगशालाहरुबाट यहाँका शंकास्पद व्यक्तिको परीक्षण गर्ने गरिएको बताइएको छ ।
एक समाचारमा यहाँका सरकारी स्वास्थ्य संस्थामा ८६५ वटा ल्याब छन् भने निजी स्वास्थ्य संस्थाहरुमा ३५८ वटा परीक्षण गर्ने ल्याब रहेका छन् ।
ती ल्याबहरुबाट दिनहुँ ठूलो संख्याका मानिसहरुको कोरोना परीक्षण गर्ने गरिएको छ । यहाँका स्वास्थ्यसम्बन्धी अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ गएको २४ घन्टा यतामात्र तीन लाखभन्दा बढीको कोरोेना भाइरस पोजेटिभ भए नभएको परीक्षण गरिएको बताइएको छ ।
यहाँका २ लाख ७० हजारभन्दा बढी कोरोना भाइरसका संक्रमितहरु त चिकित्सकको निगरानीमा अस्पताल तथा क्वारेन्टाइनमा नै बसिरहेको एक तथ्यांकमा देखिएको छ । एएनआई
प्रतिक्रिया