मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

विश्वमा कोरोना संक्रमित ७८ लाख ९२ हजार व्यक्ति निको भए

विश्वमा कोरोना संक्रमित ७८ लाख ९२ हजार व्यक्ति निको भए


जेनेभा । विश्वमा कोरोना भाइरस संक्रमित भएका १ करोड ३५ लाख ४ हजार १७५ जना व्यक्तिमध्ये ७८ लाख ९२ हजार १९५ व्यक्ति संक्रमणमुक्त भएका छन् । बुधबार साँझसम्म प्राप्त समाचारअनुसार विश्वमा कोरोना भाइरसको संक्रमणबाट ५ लाख ८२ हजार ३२३ जना व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जानकारी दिएको छ ।  
 
हाल विश्वभर ५० लाख २९ हजार ६५७ व्यक्ति कोरोना भाइरस संक्रमित रहेका उनीहरुको उपचार भइरहेको छ ।  संक्रमितहरुमध्ये ५९ हजार ५०८ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । 
 
चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । 
 
डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्रै ३५ लाख ४८ हजार ६२६ जना कोरोना भाइरस संक्रमित रहेका छन् ।  यस प्रकोपका कारण अमेरिकामा १ लाख ३९ हजार १९२ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।
 
दक्षिण अमेरिकामा २९ लाख ९५ हजार ८९२ जना कोरोना भाइरस संक्रमित रहेका छन् । यहाँ १ लाख ८ हजार ४९२ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ४१ लाख ५७  हजार ३२ जना कोरोना भाइरस संक्रमित रहेका छन् । यहाँ १ लाख ८९ हजार ५४ जनाको मृत्यु भएको छ । 
 
युरोपमा २६ लाख ९ हजार २९२ जना कोरोना भाइरसबाट संक्रमित रहेका छन् भने १ लाख ९७ हजार ५१७ को मृत्यु भएको छ । एसियामा ३० लाख ९८ हजार ८१७ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ७३ हजार २९९ जनाको मृत्यु भएको छ ।
 
अफ्रिकामा ६ लाख ३० हजार ४६६ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १३ हजार ८१३ जनाको मृत्यु भएको छ । ओसियानामा १२ हजार १५५ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १३३ जनाको मृत्यु भएको छ । एएफपी