मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

कोरोनाका कारण विश्वभर पाँच लाख ८२ हजार बढीको मृत्यु

कोरोनाका कारण विश्वभर पाँच लाख ८२ हजार बढीको मृत्यु


पेरिस । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण बुधबार रातिसम्ममा मृत्यु भएकाहरुको संख्या पाँच लाख ८२ हजार ३३७ पुगेको छ । 
 
त्यसैगरी कुल सङ्क्रमितको संख्या पनि दिनप्रतिदिन बढेर एक करोड ३५ लाख ४ हजार ९८७ पुगेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार कुल सङ्क्रमितमध्ये ७८ लाख ९२ हजार २४६ जना भने सङ्क्रमणमुक्त भइसकेका छन् । 
 
विश्वभर सङ्क्रमित भएकाहरुमध्ये सबैभन्दा धेरै अमेरिकामा रहेका छन् । कोरोनाका कारण मानवीय क्षति र सङ्क्रमितको संख्याका आधारमा अमेरिका सबैभन्दा अगाडि रहेको छ । 
 
अमेरिकामा बुधबारसम्ममा ३५ लाख ४९ हजार ४३८ भन्दा बढी सङ्क्रमित भएका छन् भने मृत्यु भएकाहरुको संख्या एक लाख ३९ हजार १९९ रहेको छ । 
 
त्यसैगरी कोरोनाबाट दोस्रो धेरै प्रभावित भएको मुलुक ब्राजिलमा १९ लाख ३३ हजार ६५५ सङ्क्रमित हुँदा ७४ हजार ३३६ जनाको मृत्यु भएको छ । 
 
भारत तेस्रो धेरै सङ्क्रमितको सूचीमा छ भने चौथो धेरै सङ्क्रमित हुनेमा रुस रहेको छ । रुसमा बुधबारसम्ममा सात लाख ४६ हजार ३६९ सङ्क्रमित भएका छन् । रुसी अधिकारीहरुले कोरोनाका कारण देशभित्र मृत्यु भएकाहरुको संख्या ११ हजार ७७० पुगेको जानकारी दिएका छन् । 
 
त्यसैगरी पाँचौमा पेरु, छैठौँमा चिली, सातौंमा मेक्सिको, आठौँमा स्पेन, नवौंमा दक्षिण अफ्रिका र दशौँमा बेलायतमा धेरै सङ्क्रमितहरु रहेका छन् । 
 
कतिपय देशहरुमा सङ्क्रमित हुनेहरुको संख्यामा कमी देखिए पनि विश्वभरको अवस्थामा सन्तोषजनक सुधार आउन नसकेको भन्दै विश्व स्वास्थ्य सङ्गठनले चिन्ता व्यक्त गरेको छ । एएफपी

शेयर गर्नुहोस:

0
Shares