मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

कोरोनाबाट विश्वभर पाँच लाख ७६ हजार ५२४ जनाको मृत्यु

कोरोनाबाट विश्वभर पाँच लाख ७६ हजार ५२४ जनाको मृत्यु


जेनेभा । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख ७६ हजार ५२४ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर १ करोड ३२ लाख ७६ हजार १२७ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)द्वारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ । 
 
नेपाली समयानुसार मंगलबारसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ७७ लाख ४७ हजार १५९ जना निको भएका छन्। हाल विश्वभरमा कोरोना भाइरस संक्रमित करिब ४९ लाख ५२ हजार ४४४ व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५९ हजार २५६ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । 
 
चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र ३४ लाख ८१ हजार ६८० जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख ३८ हजार २९१ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।
 
दक्षिण अमेरिकामा २९ लाख ३२ हजार ८५९ जना कोरोना भाइरस संक्रमित रहेका छन् । यहाँ १ लाख ६ हजार ५५१ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ४० लाख ७८ हजार १२० जना कोरोना भाइरस संक्रमित रहेका छन् । यहाँ १ लाख ८७ हजार १७७ जनाको मृत्यु भएको छ । 
 
युरोपमा २५ लाख ९५ हजार ३७६ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ९७ हजार ८२ को मृत्यु भएको छ । एसियामा ३० लाख ४१ हजार ६८५ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ७२ हजार ५६ जनाको मृत्यु भएको छ ।
 
अफ्रिकामा ६ लाख १५ हजार ४५१ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १३ हजार ५१३ जनाको मृत्यु भएको छ । ओसियानामा ११ हजार ९१५ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १३० जनाको मृत्यु भएको छ । एएफपी