मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

भारतमा कोरोना भाइरस संक्रमित संख्या नौ लाख नाघ्यो

भारतमा कोरोना भाइरस संक्रमित संख्या नौ लाख नाघ्यो


नयाँ दिल्ली । भारत कोरोना भाइरसको संक्रमतिको संख्या ९ लाख नाघेको छ । गत २४ घन्टामा २८ हजार ४९८ नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ९ लाख १२ हजार ५७० पुगेको केन्द्रीय स्वास्थ्य तथा  परिवार कल्याण मन्त्रालयले मंगलबार बिहान जानकारी दिएको छ । 
 
पछिल्लो २४ घन्टामा भारतभर कोरोना भाइरसका कारण ५५३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । देशभर कुल संक्रमितमध्ये तीन लाख १४ हजार ५४७ जना अहिले पनि संक्रमित अवस्थामै रहेका छन् । त्यसैगरी पाँच लाख ७६ हजार ५२४ जना संक्रमणमुक्त भएका छन् भने २३ हजार ७९८ जनाको मृत्यु भएको छ । 
 
भारतमा सबैभन्दा बढी प्रभावित महाराष्ट्र राज्य रहेको छ । महाराष्ट्रमा मात्रै दुई लाख ६० हजार ४६१ जना संक्रमित भएका छन् भने दश हजार ४८२ जनाको मृत्यु भएको छ । दोस्रो धेरै संक्रमित भएको तमिलनाडु राज्यमा एक लाख ४२ हजार ७९८ जना रहेका छन् भने २ हजार ३२ जनाको मृत्यु भएको छ ।
 
तेस्रो धेरै संक्रमित भएको दिल्ली प्रदेशमा एक लाख  १३ हजार ७४० जना रेहेका छन् । दिल्लीमा कोरोना संक्रमणको कारण ३ हजार ४११ जनाको मृत्यु भएको छ । कोरोना भाइरस संक्रमणको हिसाबबाट विश्वभरको तथ्यांकलाई हेर्दा भारत तेस्रो धेरै संक्रमित रहेको देशमा पर्दछ  पहिलो स्थानमा अमेरिका र दोस्रोमा ब्राजिलमा रहेका छन् । एएनआई