मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

तालमा डुबेर बेपत्ता दुई युवकको शव तीन दिनपछि फेला

तालमा डुबेर बेपत्ता दुई युवकको शव तीन दिनपछि फेला


हिमालयखबर संबाददादा-  
टेक्सस (अमेरिका) ।  माछा मार्नका लागि तालमा पस्दा विहीबारदेखि वेपत्ता भएका नेपालीभाषी दुई युवाको शव गोताखोरले निकालेका छन् ।
 
फोर्टवर्थबाट ८०/ ८५  माइल पश्चिममा रहेको पसमि किङगडम लेकमा उनीहरु वेपत्ता भएका थिए । माछा मार्ने क्रममा मोबाइल फोन खसेपछि निकाल्ने प्रयासमा उनीहरु डुबेका थिए ।
 
तीनजना तालमा पसेकोमा भियतनामीमुलका युवक भने पौडिएर निस्कन सफल भएका थिए । डुबेका दुईमध्य भुटानीमुलका नेपालीभाषी त्रिशरण खत्रीको शव अस्टिनबाट आएका गोताखोरले शनिबार निकालेका थिए । नेपालीमुलका हिकारु गौतमको शव भने आइतबार अपरान्हमात्र फेला परेको छ । 
 
स्थानीय टिभी च्यानल फक्स–फोरले जनाए अनुसार गोताखोर (गेम वार्डन क्रु) टीमले अक्सिजन सहित तीनदिनदेखि निरन्तर खोजी जारी राखेका थिए ।  
 
वेपत्ता भएका युवकमध्यका नेपालीयुवा हिकारु गौतम ड्यालस फोर्टवर्थमा सामाजीक कृयाकलापमा निकै सकृय सरिता चौलागाईका छोरा हुन् । सरिता नेपालका पूर्ब मन्त्री कमल चौलागाईकी छोरी हुन् । उनी फोर्टवर्थ केलरमा बसोबास गरेर व्यापारमा संलग्न छिन् । गत वर्षमात्र हाइस्कुलबाट ग्राजुएट भएका हिकारु हाल युनिभर्सिटी अफ टेक्सस आर्लिङ्गनमा अध्ययनरत थिए । सन् २००१ को जुलाईमा उनी जन्मिएका हुन् । 
 
माछा मार्न भनेर विहीबार अपरान्ह घरबाट निस्किएका उनीहरु तीनैजना सहपाठी हुन् । उनीहरु एकै उमेर समूहका रहेको बताइएको छ । 
 
डुबेर वेपत्ता भएपछि खोजीकार्य गर्न नेपाली समुदायका अगुवाहरु समेत निकै सकृय थिए । उनीहरुले पीडित परिवारप्रति सहानुभूति र समवेदना व्यक्त गरेका छन् ।
 
हिमालयखबर परिवार यो दुखद घडीमा मृतक दुई होनहार युवकहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछ ।