जेनेभा । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख ५९ हजार १९३ पुगेको छ । साथै, यस संक्रमणबाट विश्वभर १ करोड २४ लाख ८२ हजार ३१५ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्वारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ ।
नेपाली समयानुसार शुक्रबार रातिसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ७२ लाख ७२ हजार ४४५ जना निको भएका छन् ।
हाल विश्वभरमा कोरोना भाइरस संक्रमित करिब ४६ लाख ५० हजार ६७७ व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५८ हजार ७७८ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।
डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र ३२ लाख ४४ हजार ६२० जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख ३६ हजार ७१ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।
दक्षिण अमेरिकामा २७ लाख ३६ हजार ४७० जना कोरोना भाइरस संक्रमित रहेका छन् । यहाँ १ लाख ४९७ जनाको मृत्यु भएको छ ।
उत्तर अमेरिकामा ३७ लाख ९८ हजार २५९ जना कोरोना भाइरस संक्रमित रहेका छन् । यहाँ १ लाख ८२ हजार ४८४ जनाको मृत्यु भएको छ ।
युरोपमा २५ लाख ४४ हजार १६७ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ९५ हजार ८१३ को मृत्यु भएको छ । एसियामा २८ लाख ४१ हजार २२० जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ६७ हजार ६७४ जनाको मृत्यु भएको छ ।
अफ्रिकामा ५ लाख ४६ हजार ४३६ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १२ हजार ५३२ जनाको मृत्यु भएको छ । ओसियानामा ११ हजार ३० जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १२८ जनाको मृत्यु भएको छ । एएफपी
प्रतिक्रिया