मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

ब्राजिलमा मास्क अनिवार्य नगरिने

ब्राजिलमा मास्क अनिवार्य नगरिने


ब्रासिलिया । ब्राजिलमा सार्वजनिकस्थलमा मास्क अनिवार्य लगाउनु पर्ने निमयको कार्यान्वयनमा कडाई नगरिने भएको छ । राष्ट्रपति जैर बोल्सोनारोले सार्वजनिक स्थलमा मास्क अनिवार्य गरिएको नियमलाई खुकुलो बनाइएको घोषणा गरेका हुन् । 
 
यसअघि सबैले मास्क लगाउनुपर्ने बाध्यकारी नियमलाई राष्ट्रपति बोल्सोनारोले आफ्नो अधिकार प्रयोग गरेर खुकुलो बनाएको अल जजिराले जनाएको छ ।
 
चर्च, पसललगायतका ठाउँमा जाँदा वा रहदाँ मास्क लगाउनुपर्ने व्यवस्था हटाइएको अधिकारीहरुले जानकारी दिएका छन् । उनले जारी गरेको नयाँ निर्देशिकामा लेखिएको छ,  “व्यावसायिक क्षेत्र, औद्योगिक क्षेत्र, धार्मिक क्षेत्र, शैक्षिक क्षेत्र र मानिसको भीडभाड हुने क्षेत्रमा जाँदा वा रहँदा मास्क अनिवार्य लगाउनु पर्ने व्यवस्था हटाइएको छ ।”
 
उनले सार्वजनिक ठाउँमा मास्क अनिवार्य लगाउनु पर्ने व्यवस्था संविधान विपरित भएको समेत उल्लेख गरेका छन् । 
 
राष्ट्रपतिको पछिल्लो निर्णयसँगै यसअघि हरेक सार्वजनिक क्षेत्रमा सम्बन्धित अधिकारीहरुले मास्क उपलब्ध गराउनुपर्ने, कामदार, कर्मचारी, ग्राहकलगायतलाई उनीहरुको सम्बन्धित कार्यालय तथा सेवा प्रदायकले मास्क उपलब्ध गराउनुपर्ने व्यवस्था स्वतः हटेको छ । 
 
ब्राजिलमा आइतबारसम्ममा कोरोनाभाइरसबाट सङ्क्रमितको कुल सङ्ख्या १५ लाख ७८ हजार ३७६ पुगेको अधिकारीहरुले जनाएका छन् । तीमध्ये ३८ हजारभन्दा बढी पछिल्लो २४ घन्टामा सङ्क्रमित भएका हुन् । 
 
त्यसैगरी ब्राजिलमा एकै दिनमा ११११ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ । ब्राजिलमा हालसम्म ६४ हजार ३६५ जनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घन्टामा सङ्क्रमितहरुको सङ्ख्या ३७ हजार ९२३ रहेको र मृत्यु भएकाहरुको सङ्ख्या ११११ रहेको जनाइएको छ । एएनआई