मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

पाकिस्तानका विदेशमन्त्रीलाई कोराना सङ्क्रमण

पाकिस्तानका विदेशमन्त्रीलाई कोराना सङ्क्रमण


इस्लामावाद । पाकिस्तानका विदेशमन्त्री शाह मोहम्मद कुरेशीलाई कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि गरिएको छ । 
 
उनलाई लक्षणका आधारमा परीक्षण गर्दा शुक्रबार कोरोना भाइरस देखिएको अधिकारीहरुले जानकारी दिएका छन् ।
 
कोरोना भाइरसबाट सङ्क्रमित भएको पुष्टि भए पनि विदेशमन्त्री कुरेशीले अलग्गै बसेर घरबाटै आफ्नो काम गर्ने भएका छन् । 
 
“सुरुमा मलाई ज्वरो देखियो, त्यसपछि म छुट्टै बसेर कोरोना परीक्षण गराएँ, नतिजामा सङ्क्रमण देखियो, म अब सेल्फ क्वारेन्टाइनमै बस्छु र म यहीँबाटै काम पनि गर्छु,” उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् । 
 
पछिल्लो विवरणअनुसार पाकिस्तानमा दुई लाख २३ हजार ७२८ जना कोरोनाभाइरसबाट सङ्क्रमण भएका छन् भने चार हजार ५९२ जनाको मृत्यु भएको छ । 
 
विश्वभरी सङ्क्रमणहरुको सङ्ख्याका आधारमा पाकिस्तान १२ औँ अग्रस्थानमा पर्दछ । एएनआई

शेयर गर्नुहोस:

0
Shares