मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

कोरोना भाइरसबाट विश्वभर पाँच लाख २९ हजार बढीको मृत्यु

कोरोना भाइरसबाट विश्वभर पाँच लाख २९ हजार बढीको मृत्यु


जेनेभा । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख २९ हजार ६०४ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर १ करोड १२ लाख २० हजार १० जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)द्वारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ । 
 
नेपाली समयानुसार शनिबार बेलुकीसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ६३ लाख ६३ हजार ७१७ जना निको भएका छन् ।
 
हाल विश्वभरमा कोरोना भाइरस संक्रमित करिब ४३ लाख २६ हजार ६८८ व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५८ हजार ८११ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । 
 
चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।
 
डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र २८ लाख ९१ हजार २६७ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख ३२ हजार ११२ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।
 
दक्षिण अमेरिकामा २४ लाख २२ हजार २१ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ ९० हजार ९१४ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ३३ लाख ८१ हजार ४२९ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ७४ हजार १८३ जनाको मृत्यु भएको छ । 
 
युरोपमा २४ लाख ६२ हजार ९०९ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ९्३ हजार २९५ को मृत्यु भएको छ । एसिया २४ लाख ८९ हजार ५६८ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ६० हजार ९७ जनाको मृत्यु भएको छ ।
 
अफ्रिकामा ४ लाख ५० हजार ८८८ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १० हजार ९२५ जनाको मृत्यु भएको छ ।  ओसियानामा १० हजार ४ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १२६ जनाको मृत्यु भएको छ । एएफपी 

शेयर गर्नुहोस:

0
Shares