कोभिड -१९ ले हाल बिश्वको मानव जातिहरुमा प्रत्यक्ष असर पारिरहेको अबस्था छ ।कोरोना सक्रमणबाट विश्वको कुनै पनि राष्ट्र अलग रहन सकेको छैन।
अमेरिकामा मात्रै एकलाख भन्दा बढि मानिसहरुको ज्यान गएको तथ्यांक सार्बजनिक भै सकेको छ र मृत्यु हुने क्रम दिनानुदिन बढिरहेको छ ,यस गम्भीर अवस्थामा आफ्नो मातृ भुमिबाट धेरै टाढा रहेको हामी नेपालीहरुलाई आफ्नो-आफन्तको चिन्ता त छदै छ त्यसमा पनि नेपालमा रहनु हुनेहरुले पनि बिदेशमा रहनेहरुको चिन्ता उत्तिकै छ।
यसै सन्दर्भमा नेपाल एसोसिएशन अफ नर्दन क्यालिफोर्निया ( NANC) को संयोजकत्वमा यस्ता समस्याहरु संग जुध्नको निम्ति हातेमालो र उदारता सहितको नि:स्वार्थ सेवा प्रदान गर्न गत अप्रिल १६, २०२० का दिन बिशेष गरि नेपालबाट अमेरिकामा अध्ययनका लागी आएका अन्तर्राट्रिय बिद्यार्थीका हैसियतमा रहेका नेपाली बिद्यार्थी, अमेरिकी सरकारबाट कुनै आर्थिक सहयोग प्राप्त गर्न नसक्ने व्यक्तिहरु तथा आपतकालीन स्थितीमा रहेका नेपालीहरुलाई थोरै नै भए पनि आर्थिक सहयोग, आधारभूत खाध्य तथा आधारभूत मेडिकल सामग्री (मास्क, ग्लोब, सेनिटाइजर) उपलब्ध गराउने उद्धेश्य लिएर एनआरएन क्यालिफोर्निया च्याप्टर, कृयटिभ नेपाली युथ अर्गनाइजेशन, द ह्वाइट जोन, सन्नी सगरमाथा समाज, युनाइटेड किरात राई अर्गनाइजेशन अफ् अमेरिका क्यालिफोर्निया च्याप्टर, नोर्दन क्यालिफोर्निया तमु समाज, तामाङ् कोअपरेटिभ सोसाइटी अफ् क्यालिफोर्निया, नेपाली विमेन्स ग्लोबल नोर्दन क्यालिफोर्निया, बर्कली अन्नपूर्ण लायन्स क्लब र स्थानिय समाजसेवीहरुको संलग्नतामा नेपाली एसोसियसन अफ् नोर्दन क्यालिफोर्नियाका अगुवाईमा “COVID-19 Nepali Help Center” समिती गठन गरी चन्दा संकलनको अभियान बाट जम्मा $१९,९८५.०२ संकलन भएको थियो।
यस अभियान अन्तर्गत दाताहरुबाट प्राप्त सहयोगलाई यस महामारीबाट उत्पीडित व्यक्तिहरु समक्ष निष्पक्ष ढंगबाट उपलब्ध गराउन २ चरणमा आवेदन आह्वान गरि प्राप्त आवेदकहरु मध्ये अति आवश्यक देखिएका व्यक्तिहरु उत्तरी क्यालिफोर्निया अलमेडा-१, बेल्मोण्ट-२, बर्कली-१, क्याष्ट्रो भ्याली-२, डेली सिटी-६, एल सेरितो-९, फ़्रिमण्ट-१, लिवर्मोर-१, मार्टिनेज-१, नापा-१, पेतालुमा-१, पिट्श्बर्ग-१, रिचमण्ड-१२, सानब्रुनो-१, सान फ्रान्सिस्को-२, सानहोजे-१, सान लियान्द्रो-२, सान लोरेन्जो-१, सान माटेओ-१३, सान पाब्लो-५, सान्ताक्लारा-१, संनिवेल-१, उड्ल्याण्ड-२ एकल तथा परिवार गरि जम्मा ६८ लाई आर्थिक सहयोग, ४ जना आवेदकलाई आधारभुत खाध्य सामग्री तथा ७ जना आवेदकलाई आधारभूत मेडिकल सामग्री उपलब्ध गराई सकिएको छ ।
र यी आधारभूत सामाग्रीहरु अझै हामीसंग बाँकी रहेको छ। एकल र परिवारतर्फ $१७,४००/आधारभूत मेडिकल सामग्रीतर्फ – $१,४२७.५०/आधारभुत खाध्य सामग्रीतर्फ – $१०७.३३/स्टेशनरी तर्फ – $३०.६० /गरि जम्मा $१८,९६५.४३ खर्च भएको छ भने $१,०१९.५९ बाँकी रहेको जानकारी संस्थाका महासचिव कैलाश थापाले दिनुभएको छ ।
महासचिव थापाले यस अभियानमा क्रियाशिल संघ-संस्थाका तर्फबाट प्रत्यक्ष खटिनु हुने मित्रहरु सुरेन्द्र मल्ल, प्रेम लामा, रबि सिंह बस्नेत, सागर श्रेष्ठ र अनलाइनका प्राबिधिक काम सम्पन्न गरि दिनु हुने यादव पोखरेल लगायत यस अभियानमा जोडिने सबैलाई आभार ब्यक्त गर्दै सम्पुर्ण सामुदायिक सदस्यहरु एंव आधारभुत मेडिकलका सामाग्रीहरु प्रदान गर्नु हुने एनआरएन क्यालिफोर्निया च्याप्टर, स्मृती पौडेल र उत्तम कार्की तथा आर्थिक सहयोग दाताहरुलाई संस्थाले धन्यवाद समेत दिएका छन् ।
प्रतिक्रिया