नयाँ दिल्ली । महामारीका रुपमा फैलिएको कोरोनाभाइरसबाट संक्रमित हुनेहरुको संख्या भारतमा ५ लाख १२ हजार ४८६ पुगेको छ ।
सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार भारतमा हालसम्म कोरोना भाइरसबाट ६ लाख १२ हजार ४८६ जना संक्रमित भएका छन् ।
पछिल्लो २४ घन्टामा मात्रै १९ हजार ४२८ जना कोरोना भाइरसबाट संक्रमित भएका अधिकारीहरुले जनाएका छन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले २ लाख २८ हजार ४६३ जना अझै पनि संक्रमित अवस्थामै रहेको जनाएको छ । कुल सङ्क्रमितमध्ये ३ लाख ६६ हजार २७ जना सङ्क्रमणमुक्त भएका मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
गत २४ घन्टामा भारतमा कोरोनाभाइरसबाट ४३८ जनाको मृत्यु भएपछि हालसम्म यस भाइरसबाट १८ हजार जनाको मृत्यु भएको छ । प्रदेशअनुसार हेर्दा भारतमा सबैभन्दा धेरै संक्रमित महाराष्ट्रमा देखिएका छन् ।
त्यहाँ कुल संक्रमितको संख्या १ लाख ८० हजार २९८ पुगेको छ । कोरोना भाइरस संक्रमणको कारण महाराष्ट्रमा ८ हजार ५३ जनाको मृत्यु भएको छ ।
त्यसैगरी तमिलनाडुमा ९४ हजार ४९ जना संक्रमित भएका छन् । तमिलनाडुमा संक्रमित मध्ये १ हजार २६४ जनाको मृत्यु भएको छ ।
दिल्ली प्रदेशमा ८९ हजार ८०२ जना संक्रमित भएका छन् । दिल्लीमा यस भाइरसको कारण २ हजार ८०३ जनाको मृत्यु भएको छ । एएनआई







प्रतिक्रिया