मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

भारत र पाकिस्तानद्वारा दुवै देशको जेलमा रहेका नागरिक रिहा

भारत र पाकिस्तानद्वारा दुवै देशको जेलमा रहेका नागरिक रिहा


नयाँ दिल्ली । भारत र पाकिस्तानले दुवै देशका जेलमा रहेका बन्दीहरुलाई रिहा गरेका छन् । दुई देशले आ–आफ्ना देशका जेलमा रहेका माछामार्ने मछुवा र अन्य थुनामा रहेका नागरिकलाई रिहा गरेका भारतको विदेश मन्त्रालयले बुधबार जानकारी दिएको हो ।
 
सन् २००८ मा भारत र पाकिस्तानले विभिन्न कारणले दुवै देशका जेलमा परेका नागरिकहरुलाई छोडिने बारेको एक सम्झौता गरेका थिए । 
 
सो सम्झौताबमोजिम हरेक वर्षको जनवरी १ र जुलाई १ तारिखमा रिहा गर्ने भनिएको थियो । त्यस सम्झौता बमोजिम नै बुधबार पनि दुवै देशका नागरिकलाई छोडिने भएको भारतको विदेश मन्त्रालयले जनाएको थियो ।
 
बुधबार दिइएको त्यस जानकारीअनुसार रिहा गरिएकामा भारतको जेलमा रहेका २६५ जना पाकिस्तानी नागरिक छन् भने अरु ९७ जना माछामार्ने मछुवा नागरिक रहेका छन् । उनीहरुलाई भारतले पाकिस्तानसमक्ष हस्तान्तरण गरेको छ ।
 
त्यसैगरी पाकिस्तानले पनि ५४ जना भारतीय नागरिक र अरु २७० जना माछा मार्ने भारतीय मछुवा नागरिकलाई भारतसमक्ष हस्तान्तरण गरेको छ । 
 
उनीहरुलाई कूटनीतिक माध्यमबाट दुवै देशका अधिकारीहरुले एकै पटक छुटाएका थिए । बुधबार एकै समय पारेर भारत र पाकिस्तानका उच्च अधिकारीहरुले एक आपसमा दुवै देशका बन्दीहरुलाई हस्तान्तरण गरेका भारतको विदेश मन्त्रालयले जनाएको छ । एएनआई
 

शेयर गर्नुहोस:

0
Shares