मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

भारतले टिकटकसहित ५९ चिनियाँ एप्समा प्रतिबन्ध लगाएपछि चीनको चासो

भारतले टिकटकसहित ५९ चिनियाँ एप्समा प्रतिबन्ध लगाएपछि चीनको चासो


बेइजिङ । भारतले टिकटकसहित ५९ वटा चिनियाँ एप्समाथि प्रतिबन्ध लगाएपछि चीनले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
 
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिचियानले भने, “चिनियाँ एपमाथि भारतद्वारा गरिएको प्रतिबन्धप्रति चीन गम्भीर चासो व्यक्त गर्दछ । हामीले यो कुरामा जोड दिन चाहन्छौँ कि चीन सधैँ आफ्ना व्यवसायीलाई अन्तर्राष्ट्रिय तथा स्थानीय कानुनको पालना गर्न आग्रह गर्दै आएको छ र भारतले पनि चिनियाँलगायत अन्तर्राष्ट्रिय लगानीकर्ताको कानुनी अधिकारको संरक्षण गर्ने जिम्मेवारी रहन्छ ।” 
 
उनले चिनियाँ कम्पनीलाई स्थानीय र अन्तर्राष्ट्रिय कानुनअनुसार चल्न निर्देशन दिँदै आएको बताउँदै भारतले गैर–जिम्मेवारपूर्ण काम गरेको संकेत गरेका छन् । 
 
विश्वका उदीयमान अर्थतन्त्रका रूपमा हेरिने चीन र भारतबीच सीमावर्ती क्षेत्रमा केही साता पहिले तनाव देखिएको थियो । यद्यपि त्यस क्षेत्रमा अहिले तनाव नियन्त्रणमा आएको दुवै देशका अधिकारीहरूले बताउँदै आएका छन् । 
 
चीनले भारतीय सेना अनधिकृतरुपमा आफ्नो भूमिमा प्रवेश गरेकाले कारबाही गर्नुपरेको बताउँदै आएको छ । त्यस्तै भारतीय पक्षले चीनको दाबीलाई खण्डन गर्दै आएको छ । एएनआई