मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

भारतमा मृत्युदर तीन प्रतिशत, निको हुने दर ५८ प्रतिशत

भारतमा मृत्युदर तीन प्रतिशत, निको हुने दर ५८ प्रतिशत


नयाँ दिल्ली । भारतका स्वास्थ्यमन्त्री हर्षवर्धनले भारतका कोभिड १९ का सङ्क्रमितहरुमा निको हुने प्रतिशत ५८ रहेको जानकारी दिएका छन् । उनले भनेका छन्– यहाँका कोभिड १९ का सङ्क्रमितहरुमध्ये ५८ प्रतिशतलाई निको भएको छ । 
 
भारतमा शनिबारसम्ममा पाँच लाख २८ हजारलाई कोभिड १९ को सङ्क्रमण भएको र तीमध्ये कम्तीमा पनि तीन लाख मानिस निको भएर घर फर्किएका छन् । उनका अनुसार शनिबारसम्ममा तीन लाख ९ हजार २५९ सङ्क्रमितलाई निको भएको छ । अरु पनि धेरै जना यसबाट निको भएका र घरजाने अन्तिम तयारीमा रहेका जानकारी पनि उनले दिए ।
 
भारतका विभिन्न आठ राज्यका ती नागरिक निको भएर घर फर्किएका छन् । त्यसैगरी भारतमा निधन भएकाहरुमा ८७ प्रतिशत जति तिनै राज्यका नागरिक रहेका पनि उनले बताए । त्यसैगरी उनले भारतमा सङ्क्रमितहरुको मृत्यु दर तीन प्रतिशतमात्र रहेको बताएका छन् । 
 
उनले यहाँ मृत्यु दर जम्मा तीन प्रतिशत छ र यो निकै नै कम हो उनले भनेका छन् । यहाँ पहिलेको तुलनामा दोब्बर हुने दर पनि बढेको उनले बताए । उनले १९ दिनमा यहाँका सङ्क्रमितको संख्या दोब्बर हुने गरेको जानकारी दिए । 
 
यहाँ कोरोना सङ्क्रमणको परीक्षण गर्ने संख्या पनि बढेको जानकारी उनले दिए । यहाँका १ हजार २० प्रयोगशालामा शुक्रबारमात्र २ लाख ३० हजार जनाको परीक्षण गरिएको उनले जानकारी दिए । उनले धरैभन्दा धेरै जनाको कोरोना परीक्षणको व्यवस्था सरकारले मिलाएको जानकारी पनि गराए । 
 
भारतमा शनिबारसम्म कोरोना सङ्क्रमणबाट पाँच लाखभन्दा बढी मानिस सङ्क्रमित भएका छन् । त्यसैगरी सो सङ्क्रमणबाट १६ हजार जनाभन्दा बढीको ज्यान गएको छ । यहाँ गएको २४ घन्टायतामात्र १८ हजारभन्दा बढी नागरिक सङ्क्रमित भएको भेटिएका छन् । यो एकैदिन सङ्क्रमित भएकाहरुमा सबैभन्दा बढी संख्या हो ।   
 
यहाँ गएका केही दिनयतादेखि हरेक दिन कम्तीमा पनि १५ हजार जना सङ्क्रमित हुने गरेका छन् । पछिल्लो समयमा यहाँ थपिएका बिरामीहरुका कारण भारतको अवस्था भयावह हुने देखिएको पनि बताइएको छ ।
 
स्वास्थ्यमन्त्री हर्षवर्धनले शनिबार कोरोना भाइरसको उपचारका लागि समन्वय गर्नुपर्ने भन्दै भारतका केन्द्रीय सरकार मन्त्रीहरुसँग भर्चुअल बैठक गरेका थिए । त्यसक्रममा उनले भारत सरकारले सङ्क्रमणको नियन्त्रणका लागि सक्दो प्रयासहरु गरिरहेको बताएका थिए । एएनआई