मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

ब्राजिलमा कोभिड-१९ बाट ५३ हजार ८९५ जनाको मृत्यु

ब्राजिलमा कोभिड-१९ बाट ५३ हजार ८९५ जनाको मृत्यु


साओपाओलो । ब्राजिलमा कोरोना भाइरसको महामारीबाट ज्यान जानेको संख्या ५३ हजार नाघेको छ । बुधबार प्राप्त समाचारअनुसार ब्राजिलमा कोरोनाबाट ज्यान जाने व्यक्तिको संख्या ५३ हजार ८९५ जना पुगेको हो । 
 
सो समाचारमा यहाँ दैनिक कम्तीमा पनि एक हजार जनाको यस प्रकोपबाट ज्यान गएको छ । बुधबारमात्र यहाँका १ हजार १८५ जनाको ज्यान गएको बताइएको छ ।
 
त्यसैगरी गएको २४ घन्टा यतामात्र यहाँ ४२ हजार ७२५ जना नयाँ संक्रमित थपिएका बताइएको छ । यो समेतगरी यहाँका नयाँ संक्रमितको संख्या ११ लाख नाघेको छ । 
 
बुधबारमात्र प्राप्त भएको समाचारमा ब्राजिलमा नयाँ संक्रमितको संख्या ११ लाख ९३ हजार ६०९ जना पुगेको छ । सो कुरा ब्राजिलको स्वास्थ्य मन्त्रालयले बुधबार जानकारी दिएको हो । 
 
बुधबारसम्मको जानकारीअनुसार यहाँको सरकारले गएको तीन दिनदेखि दिनमा एक हजारभन्दा बढी नागरिकको ज्यान गएको बताएको छ । लगातार तीन दिनसम्म एक हजारभन्दा बढीको कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको देखिएको हो । 
 
ब्राजिलको साओपाओलो सहर सबैभन्दा बढी प्रभावित सहर हो । यहाँमात्र बुधबार ९ हजारभन्दा बढी संक्रमित भेटिएका बताइएको छ । ब्राजिल अमेरिकापछि विश्वमै सबैभन्दा बढी मानिस संक्रमित हुने र मृत्यु हुने देशमा पर्दछ । सिन्ह्वा