मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

कोरोना भाइरसबाट विश्वभर मृत्यु हुनेको संख्या ४ लाख ८० हजार नाघ्यो

कोरोना भाइरसबाट विश्वभर मृत्यु हुनेको संख्या ४ लाख ८० हजार नाघ्यो


जेनेभा । महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण विश्वभर ४ लाख ८० हजार ५९० मानिसको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । 
 
संगठनका अनुसार कोरोना भाइरसबाट संक्रमित व्यक्तिको संख्या ९३ लाख ९४ हजार पुगिसकेको छ जसमध्ये ५० लाख ७९ हजार मानिस निको भएर डिस्चार्ज भएका छन् । अझै ५८ हजार बढी मानिस कोरोना भाइरसको संक्रमणबाट निकै जटिल अवस्थामा छन् । 
 
कतिपय मुलुकमा कोरोनाको जोखिम कम भएर बिस्तारै जनजीवन खुकुलो भए पनि कतिपय अवस्थामा जोखिमलाई बेवास्ता गर्दै मानिसहरु सामाजिक दूरीजस्ता सामान्य नियमसमेत तोड्न थालेका छन् । 
 
विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको प्रभाव अझै कायम रहेकाले दोस्रो लहरको चपेटामा पर्न सक्ने भन्दै चेतावनीसमेत दिइरहेको छ । खासगरी दक्षिण अमेरिका र भारतजस्ता मुलुकमा दैनिक ठूलो संख्यामा कोरोना संक्रमित देखिनेक्रम रोकिएको छैन । 
 
कोरोना भाइरसबाट संयुक्त राज्य अमेरिकामा सर्वाधिक असर परेको छ । यहाँ २४ लाख २५ हजार ४२४ जना संक्रमित भएकोमा १ लाख २३ हजार ५०० जनाको मृत्यु भएको छ । यस्तै, दोस्रोमा ब्राजिलमा अत्यधिक संक्रमित भएका छन् । यहाँ हालसम्म ११ लाख ५२ हजार ६६ जना कुल संक्रमितमध्ये ५२ हजार ७८८ जनाको मृत्यु भएको छ । 
 
यस्तै, बेलायतमा कुल ३ लाख ६ हजार २१० जना संक्रमित रहेकोमा ४२ हजार ९२७ जनाको ज्यान गएको छ । यस्तै, इटालीमा ३ लाख ३८ हजार ८३३ जना कुल संक्रमित रहेकोमा ३४ हजार ६७५ जनाले ज्यान गुमाएका छन् । 
 
यस्तै, फ्रान्समा कुल १ लाख ६१ हजार २६७ संक्रमित भएकोमा २९ हजार ७२० जनाको मृत्यु भएको छ । स्पेनमा २ लाख ९३ हजार ८३२ जना संक्रमित भएकामध्ये २८ हजार ३२५ जनाको ज्यान गएको छ । 
 
यसैगरी, मेक्सिकोमा १ लाख ९१ हजार ४१० जना संक्रमित छन् भने २३ हजार ३७७ जनाको मृत्यु भएको छ । 
 
भारतमा कुल ४ लाख ६१ हजार ८२८ संक्रमित रहेकोमा १४ हजार ५७७ जनाको मृत्यु भएको छ । इरानमा २ लाख १२ हजार ५०१ जना संक्रमितमध्ये ९ हजार ९९६ जनाको ज्यान गएको छ । 
 
यस्तै, बेल्जियममा कुल ६० हजार ८९८ जना संक्रमितमध्ये ९ हजार ७२२ जनाले ज्यान गुमाएका छन् । जर्मनीमा १ लाख ९२ हजार ८५५ संक्रमितमध्ये ८ हजार ९८६ जनाले ज्यान गुमाएका छन् । 
 
यसैगरी, रसियामा संक्रमित हुनेको कुल संख्या ६ लाख ६ हजार ८८१ रहेको छ भने हालसम्म ८ हजार ५१३ जनाको निधन भएको छ । क्यानडामा १ लाख १ हजार ९६३ जना संक्रमित भएकामध्ये ८ हजार ४५४ जनाको मृत्यु भएको छ । एएफपी