दोहा । खाडी मुलुक कतारमा विगत २४ घन्टामा कोभिड–१९ बाट सङ्क्रमितको सङ्ख्या १ हजार ३४ पुगेसँगै मंगलबारसम्म कुल सङ्क्रमितको सङ्ख्या ८९ हजार ५७९ पुगेको कतारका स्वास्थ्यमन्त्रीले बताएका छन् ।
उनले भने “सोमबार एक हजार ६३७ निको भएर घर फर्किएका र अहिलेसम्म ७१ हजार ५०१ निको भएका छन् । सोमबार थप एक सङ्क्रमितको मृत्यु भएको छ भने मृत्यु हुनेको सङ्ख्या अहिलेसम्म ९९ पुगेको छ ।”
स्वास्थ्य मन्त्रालयले सङ्क्रमण बढ्नुलाई मानिसहरूको जमघट, यात्रा तथा रोकथामका उपायलाई सहीरूपमा पालना नगर्नु रहेको उल्लेख गर्दै सामाजिक दूरी कायम गर्न र रोकथामका अन्य उपाय उपनाउन सुझाव दिएको छ ।
लाखौँको सङ्ख्यामा एसियाली मुलुक नेपाल, भारत, पाकिस्तान बंगलादेशलगायतबाट वैदेशिक रोजगारीका लागि गन्तव्य रहेको कतारमा कुल तीन लाख २४ हजार ५७० व्यक्तिको सङ्क्रमण परीक्षण गरिएको छ ।
कतार र चीनले कोभिड–१९ विरूद्धको लडाईंमा आपसी सहयोग आदानप्रदान गरेका छन् । सिन्ह्वा
प्रतिक्रिया