मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

कोरोनाबाट विश्वमा चार लाख ७५ हजार बढीको मृत्यु, ९२ लाख ४७ हजार बढी संक्रमित

कोरोनाबाट विश्वमा चार लाख ७५ हजार बढीको मृत्यु, ९२ लाख ४७ हजार बढी संक्रमित


जेनेभा । कोरोना भाइरस (कोभिड-१९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख ७५ हजार ६५७ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर ९२ लाख ४७ हजार ३२२ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । 
 
नेपाली समयानुसार मंगलबार रातिसम्म प्राप्त विवरणअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ४९ लाख ८२ हजार ८७० जना निको भएका छन्। हाल विश्वभरमा कोरोना भाइरस संक्रमित ३७ लाख ८८ हजार ७९५ व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५७ हजार ९०४ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । 
 
चीनको हुवेई प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरुवात भएको कोरोना भाइरस संक्रमणको कारण संयुक्त राज्य अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्रै २३ लाख ९४ हजार ५७९ जना कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख २२ हजार ७४७ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।
 
दक्षिण अमेरिकामा १८ लाख २३ हजार ३८४ जना कोरोना भाइरस संक्रमित रहेका छन् । यहाँ ७२ हजार ६३८ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा २७ लाख ८१ हजार ९५२ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ५६ हजार ३७१ जनाको मृत्यु भएको छ । 
 
युरोपमा २३ लाख ४० हजार ८०२ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ८८ हजार ५२२ को मृत्यु भएको छ । एसियामा १९ लाख ७१ हजार ७३१ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ४९ हजार ५९९ जनाको मृत्यु भएको छ ।
 
अफ्रिकामा ३ लाख १९ हजार ६१७ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ८ हजार ३८८ जनाको मृत्यु भएको छ । ओसियानामा ९ हजार ११५ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १२४ जनाको मृत्यु भएको छ । एएफपीको सहयोगमा ।