मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

कोरोनाबाट विश्वभर चार लाख ६८ हजारको मृत्यु, ८९ लाख ७० हजार सङ्क्रमित

कोरोनाबाट विश्वभर चार लाख ६८ हजारको मृत्यु, ८९ लाख ७० हजार सङ्क्रमित


जेनेभा । कोरोना भाइरसका कारण आइतबार रातिसम्ममा विश्वभर करिब चार लाख ६८ हजार मानिसको मृत्यु भएको छ । 
 
एएफपीले सङ्कलन गरेको विभिन्न देशका आधिकारीक निकायका अधिकारीहरुले दिएको रिपोर्टअनुसार कोरोना भाइरसबाट विश्वभर चार लाख ६७ हजार ६९९ जनाको मृत्यु भएको हो । 
 
त्यसैगरी विश्वभरी सङ्क्रमितहरुको सङ्ख्या ८९ लाख ७० हजार ४७५ पुगेको पनि अधिकारीहरुले जानकारी दिएका छन् । 
 
विश्वभरी कुल सङ्क्रमितमध्ये ४७ लाख ७३ हजार ३८६ जना सङ्क्रमणमुक्त भएको जनाइएको छ । 
 
त्यसैगरी ३७ लाख २९ हजार ३९० जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् । तीमध्ये ३६ लाख ७४ हजार ७५२ जना जना मध्यम अवस्थामा उपचाररत छन् भने बाँकी एक प्रतिशत अर्थात ५४ हजार ६३८ जना गम्भीर अवस्थामा रहेका छन् । 
 
पछिल्लो विवरणअनुसार सबैभन्दा धेरै सङ्क्रमित अमेरिकामै रहेका छन् । अमेरिकामा अहिलेसम्म २३ लाख ३९ हजार ५८४ जना सङ्क्रमित भएका छन् । दोस्रो धेरै सङ्क्रमित रहेको ब्राजिलमा भने दश लाख ७० हजार १३९ जना सङ्क्रमित रहेका छन् । 
 
सङ्क्रमितको सङ्ख्याका आधारमा तेस्रोमा रुस, चौथोमा भारत, पाँचौमा बेलायत, छैठौँमा स्पेन, सातौँमा पेरु, आठौँमा इटली र दशौँमा चिली रहेका छन् । 
 
सबैभन्दा धेरै सङ्क्रमित रहेको अमेरिकामा अहिलेसम्म मृतकको सङ्ख्या एक लाख २२ हजार ४९ रहेको छ भने दोस्रो धेरै मानवीय क्षति भएको ब्राजिलमा ५० हजार ५८ जनाको मृत्यु भएको छ । 
 
त्यसैगरी तेस्रो धेरै मानवीय क्षति बेलायतमा भएको छ । जहाँ ४२ हजार ६३२ जनाको मृत्यु भएको छ भने चौंथोमा स्पेन रहेको छ । स्पेनमा २८ हजार ३२२ जनाको मृत्यु भएको तथ्याङ्क छ । यस्तै इटालीमा कुल ३४ हजार ६१० जनाको मृत्यु भएको छ । एएफपी 

शेयर गर्नुहोस:

0
Shares