मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

कोरोना भाइरसबाट भारतमा एकैदिनमा दुई हजार ६ जनाको मृत्यु

कोरोना भाइरसबाट भारतमा एकैदिनमा दुई हजार ६ जनाको मृत्यु


नयाँ दिल्ली । भारतमा गत २४ घन्टाभित्र कोरोना भाइरसबाट मृत्यु भएकाहरुको संख्या एक्कासि बढेको छ । अघिल्ला दिनहरुमा मृत्यु हुनेहरुको विवरण सयको संख्यामा आउने गरेकोमा बुधबार २ हजार बढीको संख्यामा आएको छ । 
 
भारतका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा कोरोना भाइरसका कारण मृत्यु भएकाहरुको संख्या २ हजार ६ रहेको छ । अघिल्लो दिन मंगलबार उक्त मन्त्रालयले दिएको जानकारी अनुसार २४ घन्टामा ३८० जनाको मृत्यु भएको थियो ।
 
योसँगै भारतमा अहिलेसम्म कोरोना भाइरसका कारण मृत्यु भएकाहरुको कुल संख्या १२ हजार २९ पुगेको छ । 
 
त्यसैगरी पछिल्लो २४ घन्टामा भारतमा ११ हजार १३५ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । भारतमा अहिलेसम्म कुल संक्रमितको संख्या ३ लाख ५९ हजार ५०६ पुगेको अधिकारीहरुले जनाएका छन् ।  
 
स्वास्थ्य अधिकारीहरुका अनुसार भारतमा अहिले पनि १ लाख ५६ हजार ७२२ जना सङ्क्रमित अवस्थामै रहेका छन् भने अरु १ लाख ८० हजार ७५५ जना संक्रमणमुक्त भएका छन् । 
 
भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले कोरोनाभाइरसका कारण मृतकको संख्या एक्कासि बढेकोप्रति चिन्ता व्यक्त गरेको छ । 
 
भारतमा प्रदेश अनुसार हेर्दा सबैभन्दा धेरै सङ्क्रमित महाराष्ट्र प्रदेशमा रहेका छन् । यस प्रदेशमा अहिलेसम्म १ लाख १३ हजार ४४५ जना सङ्क्रमित भएको अधिकारीहरुले जनाएका छन् । तीमध्ये कुल ५० हजार ५७ जना अझै पनि संक्रमित अवस्थामै रहेका छन् भने अरु ५७ हजार ८५१ जना सङ्क्रमणमुक्त भइसकेका छन् । 
 
त्यसैगरी दोस्रो धेरै संक्रमित रहेको तमिलनाडु प्रदेशमा ४८ हजार १९ जना रहेका छन् ।  राजधानी रहेको दिल्ली प्रदेशमा ४४ हजार ६८८ जना सङ्क्रमित भएका छन् । एएनआई